Home कला/साहित्य नेपाल भारत साहित्य सङगोष्ठी सम्पन्न

नेपाल भारत साहित्य सङगोष्ठी सम्पन्न

139
0
SHARE

नेपाल तथा भारतका स्रस्टाबीच विचारको आदानप्रदान एबम साहित्यिक कृतिहरुको पहुचलाइ सहज तुल्याउनुपर्ने निस्कर्षका साथ नेपाल भारत साहित्य सङ्गोष्ठी २०७६ आज विराटनगरमा सम्पन्न भएकाे छ ।

कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानद्वारा आयोजित सो सभाका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा निकट भविष्यमा अन्तर्राष्ट्रिय स्तरको साहित्य सम्मेलन गरिने बताउनुभयो । कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानकि अध्यक्ष राधिका गुरागाईको सभापतित्वमा सम्पन्न सो समारोहमा कार्यक्रमका सहअयोजक नेपाल भारत मैत्री सङ्घ विराटनगरका अध्यक्ष सुरेशकुमार सर्माले नेपाल र भारत बिच साहित्यिक र सांस्कृतिक सम्बन्ध सदियौदेखी रहिआएको उल्लेख गर्नुभयो ।


समारोहमा तीनवटा छुट्टाछुट्टै बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपाल भारत साहित्यिक अन्तर्सम्बन्ध विषयमा दधिराज सुबेदीले, सिर्जनशील लेखनको अनुवाद बिषयमा मनु मन्जिलले, तथा साहित्यिक पत्रकारिताका साझा समस्या विषयमा गङ्गा सुबेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो समारोहमा आयोजित बहुभाषिक काब्यसभामा कवि बिवश पोखरेल,खगेन्द्र गिरी कोपिला, पुजा बहार, लक्ष्मण नेबटिया, गीता निरौला भन्डारी, रमाप्रसाद रिजाल लगायतका कविले कविता वाचन गर्नुभएको थियो । साहित्यकार डा. गोपाल भन्डारी, लक्ष्मी पोखरेल र गोकुल अधिकारीले मन्तब्य प्रकट गर्नुभएको थियो ।

भारतबाट आमन्त्रित साहित्यकार तथा साहित्यिक पत्रकारहरु कुवर बीरसिङ्ह मार्तन्ड( कोलकाता), अशोक भाटी( हरियाणा), डा. हेमलता( दिल्ली) राजखेलिया( हरियाणा) सुशील शैली ( दिल्ली) करमबिर तिग्डानिया र योगेश समदर्सी( मेरठ) ले नेपाल भारत अन्तर्सम्बन्धका विषयमा विचार व्यक्त गर्नुका साथै कविता वाचन गर्नुभएको थियो ।

LEAVE A REPLY