Home ताजा समाचार बारमा ग्यास सिलिन्डर पड्कियो, सात घाइते

बारमा ग्यास सिलिन्डर पड्कियो, सात घाइते

360
0
SHARE

जेठ २४, काठमाडौँ ।
बारा जिल्लाको डुमरवाना भन्ने स्नथानमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँएर एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिलिन्डर पड्किएको हो ।

घटनामा ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ रहेका छन् । त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् ।

प्रहरीका अनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर ग्यास पड्किएको हो । घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY