Home ताजा समाचार आज कुमारषष्ठी, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ २५ गते

आज कुमारषष्ठी, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ ज्येष्ठ २५ गते

224
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल ज्येष्ठ महिनाको २५ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि विहान ७।१८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र राति ७।४० बजेसम्म रहनेछ । आज व्याघात योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । आज कुमारषष्ठी तिथि हो । आज शिव–पार्वतीपुत्र कुमार कार्तिकेयको प्रादुर्भाव भएको दिन हो । अतः आज कुमार कार्तिकेयको पूजा आराधनाका साथै महिमा श्रवण शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY