Home देश निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

227
0
SHARE

नारायण सापकोटा
जेठ २४, काठमाण्डौ ।
ॐ समाज डेन्टल हस्पिटल चावहिल र विराज समाजको संयुक्त आयोजनामा जेष्ठ २४ गते निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

तालिमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराज समाजका सल्लाहकार वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी प्रा. पुरुषोत्तम दाहालले स्वास्थ्य सम्बन्धी प्राथमिक तालिम मानव जीवनका लागि आवश्यक रहेको चर्चा गर्दै ॐ समाज डेन्टल हस्पिटल, विराज समाज र तालिमका प्रमुख प्रशिक्षक ओम उप्प्रेतीलाई धन्याद प्रकट गर्नु भयो । नयाँ पुस्ताको सामाजिक जागरण र निशुल्क प्राथमिक उपचार तालिममा उल्लेखनीय सहभागिता रहेकोमा खुशी प्रकट गर्दै दाहालले मिडियाहरुले यस्ता सामाजिक जागरण तथा मानवीय सेवाका कार्यक्रमहरुलाई उचित स्थान दिनुपर्ने बताउनु भयो ।

कार्यक्रमका सभापति ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त सर्जन डा.सुभाष घिमिरले हस्पिटलले गरेका सामाजिक कार्यका बारेमा जानकारी गर्दै प्राथमिक उपचार तालिमले धेरैको जीवनको रक्षा गर्न सक्ने बताउनु भयो ।

वरिष्ठ कलाकार निर्मल शर्माले ओम उप्रेतीको निःशुल्क प्राथमिक उपचार तालिम अभियालाई कलाकारहरुको साथ र सहयोग रहेको बताउनु भयो ।


निःशुल्का प्राथमिक उपचार तालिमका प्रमुख अभियान्ता तथा प्रशिक्षक ओम उप्पे्रतीले चौथो चरणको तालिम कार्यक्रम यही असोज ५ गते देखि १७ गतेसम्म बाँके, बर्दिया, कैलाली, कञ्चन्पुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, आछाम र दाङमा हुने जानकारी दिनु भयो ।

 

कार्यक्रममा स्वागत मनतव्य राख्दै ॐ समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर केसीले ॐ समाज डेन्टल हस्पिटलमा निःशुल्क प्राथमिक उपचार तालिम संचालन गर्न पाउँदा सुशी र गौरव महसुस गरेको बताउनु भयो ।

ॐ समाज डेन्टल हस्पिटल गोपीकृष्ण चावहिलमा भएको निःशुल्क प्रथमिक उपचार तलिममा विराज समाजका सल्लाहकारहरु प्रा.मुकुन्दराज दाहाल, केशव दाहाल, विनोद दाहाल, निर्वमान अध्यक्ष दिनेश कुमार मगर , विराज समाजका अध्यक्ष रामप्रसाद दाहाल, सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, निःशुल्क प्राथमिक उपचारका अभियान्ता लक्ष्मण काफ्ले र सञ्जिव केसी लगायतको उपस्थिति रहेको थियो ।

ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा आयोजना हुने निशुल्क प्राथमिक उपचार तालिममा देशकै प्रतिष्ठित कलाकार रमेश उप्रेती सहित अन्य विशिष्ठ कलाकारहरुको समेत उपस्थिति रहेको थियो । निःशुल्क प्राथमिक उपचार तालिममा दुई सय जनाको सहभागिता रहेको थियो ।


कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने डा. रुवि दाश, डा. विजय गामी, टिकाकुमारी खड्का, सुमिना पुरी , विनोद तिम्सिना, अजय रेग्मी, सिमोन न्यौपाने, अञ्जली राजवंशी लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण एशिला शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY