Home देश आज भोटो देखाउने जात्रा

आज भोटो देखाउने जात्रा

109
0
SHARE

 

काठमाडौं, २६ जेठ । आज बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हो । यस वर्षको भोटो जात्रा ललितपुरको जावलाखेलमा आज देखाइँदैछ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको अपरान्ह ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

भोटो देखाउने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ। रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ।

उपत्यकावासी नेवार समुदायको विशेष पर्वको रूपमा परिचित भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ ।

मच्छिन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ। जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याउने चलन छ। मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि मच्छिन्द्रनाथको रथ यात्रा समापन हुन्छ।

LEAVE A REPLY