Home देश निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

94
0
SHARE

-नारायण सापकोटा-

काठमाडौँ । ॐ समाज डेन्टल हस्पिटल चावहिल र विराज समाजको सयुक्त आयोजनामा जेष्ठ २४ गते ॐ समाज डेन्टल हस्पिटल चावहिल , काठमाण्डौमा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।तालिमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराज समाजका सल्लाहकार वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी प्रा। पुरुषोत्तम दाहालले निशुल्क प्राथमिक तालिमको मानव जीवनमा महत्वपूर्ण रहेको चर्चा गर्दै ॐ समाज डेन्टल हस्पिटल, विराज समाज र तालिमका प्रमुख प्रशिक्षक ओम उप्प्रेतीलाई धन्याद प्रकट गर्नु भयो ।

नयाँ पुस्ताको सामाजिक जागरण र निशुल्क प्राथमिक उपचार तालिममा उल्लेखनीय सहभागीता रहेकोमा खुशी प्रकट गर्दै दाहालले मिडियाहरुले यस्ता सामाजिक जागरण तथा मानवीय सेवाका कार्यक्रमहरुलाई उचित स्थान दिनुपर्ने बताउनु भयो ।कार्यक्रमका सभापति ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त सर्जन डा.सुभाष घिमिरले हस्पिटलले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी गर्दै निशुल्क प्राथमिक उपचार तालिमले धेरैको जीवनको रक्षा गर्न सकिने बताउनु भयो ।वरिष्ठ कलाकार निर्मल शर्माले ओम उप्रेतीको निशुल्क प्राथमिक उपचार तालिम अभियालाई कलाकारहरुको साथ र सहयोग रहेको बताउनु भयो ।

निशुल्का प्राथमिक उपचार तालिमका प्रमुख अभियान्ता तथा प्रशिक्षक ओम उप्पे्रतीले चौथो चरणको तालिम कार्यक्रम यही असोज ५ गते देखि १७ गतेसम्म बाँके,बर्दिया, कैलाली, कञ्चन्पुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, आछाम र दाङमा हुने जानकारी दिनु भयो । कार्यक्रममा स्वागत मनतव्य राख्दै ॐ समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर केसीले ॐ समाज डेन्टल हस्पिटलमा निशुल्क प्राथमिक उपचार तालिम संचालन गर्न पाउँदा सुशी र गौरव महसुस गरेको बताउनु भयो ।ॐ समाज डेन्टल हस्पिटल गोपीकृष्ण चावहिलमा भएको निशुल्क प्रथमिक उपचार तलिममा विराज समाजका सल्लाहकारहरु प्रा।मुकुन्दराज दाहाल, केशव दाहाल, विनोद दाहाल,निर्वमान अध्यक्ष दिनेश कुमार मगर , विराज समाजका अध्यक्ष रामप्रसाद दाहाल, सचिव राजेन्द्रपुसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, निशुल्क प्राथमिक उपचारका अभियान्ता लक्ष्मण काफ्ले र सञ्जिव केसी लगायतको उपस्थिति रहेको थियो ।


ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा आयोजना हुने निशुल्क प्राथमिक उपचार तालिममा देशकै प्रतिष्ठित कलाकार रमेश उप्रेती सहित विशिष्ठ कलाकारहरुको समेत उस्थििति रहेको थियो । निशुल्क प्राथमिक उपचार तालिममा दुई सय जना महानुभावहरुले तालिम लिएका थिए । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने डा। रुवि दाश, डा. विजय गामी,टिकाकुमारी खड्का, सुमिना पुरी , विनोद तिम्सिना, अजय रेग्मी, सिमोन न्यौपाने, अञ्जली राजवंशी लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण एशिला शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY