Home ताजा समाचार सहकारी सञ्चालन तथा वित्तिय व्यवस्थापन सम्बन्धी तिन दिने प्रशिक्षण सम्पन्न

सहकारी सञ्चालन तथा वित्तिय व्यवस्थापन सम्बन्धी तिन दिने प्रशिक्षण सम्पन्न

101
0
SHARE

काठमाडौं, २६ जेठ । सहकारी संस्था सञ्चालन तथा वित्तिय व्यवस्थापन सम्बन्धी तिन दिने प्रशिक्षण सम्पन्न भयो । टोखा नगरपालिकाको आयोजनामा जेठ २२ देखि २४ गतेसम्म सञ्चालित प्रशिक्षणको मेयर प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मेयर अधिकारीले समाज समृद्ध बनाउन सहकारीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै सहकारी संस्था सञ्चालनको प्रमुख पाटोा वित्तिय व्यवस्थापन सवल बनाउन यसप्रकारका तालिम तथा प्रशिक्षणको खाचो रहेको बताउनुभयो ।

टोखा नगरपालिका ५ नम्बर वडाको कार्यालय, धापासी श्रीसमाजमा सञ्चालित प्रशिक्षणमा सहकारी विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का सचिव एवम् सहकारी विज्ञ कमलराज अधिकारीले सहकारी संस्था सञ्चालन तथा वित्तिय व्यवस्थापनका सवल पक्षहरुकोबारेमा प्रशिक्षण दिनुभएको थियो ।
टोखा नगरपालिकाभित्र रहेका विभिन्न सहकारीकर्मीलाई लक्ष्यित गरी सञ्चालित प्रशिक्षणमा उत्साहजनक सहभागिता रहेको थियो ।

LEAVE A REPLY