Home सहकारी ललितपुरको लुभुमा सहकारीले शुरु गर्यो ललित युनिसेक्स ब्युटीहब

ललितपुरको लुभुमा सहकारीले शुरु गर्यो ललित युनिसेक्स ब्युटीहब

653
0
SHARE

ललितपुर । पछिल्लो समय सहकारी संस्थाहरुले विभिन्न व्यवसायीक कामलाई महत्वकासाथ अघि बढाइरहेका छन् । यसैक्रममा ललितपुरको लुभुमा रहेको ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था लि.ले ललित युनिसेक्स ब्युटीहब सञ्चालनमा ल्याएको छ । ब्युटिसियनहरुले सौन्दर्यको क्षेत्रलाई सहज, सवल बनाउने उद्देश्यकासाथ सञ्चालनमा ल्याएको ललित युनिसेक्स ब्युटीहबको बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका अध्यक्ष शरद महर्जनले उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि महर्जनले महिलाको सौन्दर्य सीपलाई सहि सदुपयोग गर्न ललित युनिसेक्स ब्युटीहबले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष मिनाकुमारी रिमालले देशका हरेक काम सहकारीको माध्यमबाट सम्भव रहेको बताउदै सौन्दर्यको क्षेत्रमा पनि अरुभन्दा फरकढंगले काम गर्ने लक्ष्यकासाथ ललित युनिसेक्स ब्युटीहब सञ्चालनमा ल्याएको बताउनुभयो । महिला पुरुष दुवैलाई सहजै सौन्दर्य सेवा दिने व्यवस्था मिलाइएको उक्त ललित युनिसेक्स ब्युटीहबमा सौन्दर्यका हरेक सेवा अत्याधुनिक प्रविधिकासाथ उपलब्ध रहेको अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

LEAVE A REPLY