Home खेल आइसिसी विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

आइसिसी विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

182
0
SHARE

साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै १२औँँ संस्करणको आइसिसी विश्वकप क्रिकेट मा भारतले लगातार दोस्रो जित हात पारेको छ । भारतको जितमा शिखर धवनको शतकले अष्ट्रेलियालाई पराजित गरेको हो ।

यसअघि लगातार दुई खेल जितेको साविक विजेता अष्ट्रेलियाको अपराजित यात्रा टुङ्गिएको छ भने अष्ट्रेलियालाई हराएपछि अंक तालिकामा भारत अष्ट्रेलियाभन्दा अघि पुगेको छ ।

लगातार तीन खेल जित्दै न्यूजिल्यान्ड पहिलो स्थानमा छ। अब न्यूजिल्याण्ड र भारतमात्र यस संस्करणमा अपराजित छन् । ६ अंकसहित किवी टोली पहिलो स्थानमा छ । इंग्ल्याण्ड, भारत र अष्ट्रेलियाको समान ६ अंक छ तर रनरेटको आधारमा इंग्ल्याण्ड दोस्रो, भारत तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ ।

लण्डनस्थित ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले ५० ओभर खेल्दै सबै विकेट गुमाएर ३१६ रन मात्र बनायो ।

भारतका लागि धवनले १०९ बल खेल्दै १६ चौकाको मद्दतमा ११७ रन बनाए । कोहलीले ८२, रोहितले ५७ र हार्दिक पाण्ड्याले ४८ रन जोडे । अष्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिए ।

अष्ट्रेलियाका लागि डेविड वार्नर, स्टिभ स्मिथ र एलेक्स क्यारीले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । स्मिथले सर्वाधिक ६९ रन बनाएको इनिङ्समा वार्नरले ५६ रन जोडे । एलेक्स क्यारीले नटबउट ५५ रन बनाए। उस्मान खवाजाले ४२, आरोन फिन्चले ३६ र ग्लेन म्याक्सवेलले २८ रन जोडे ।

भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३(३ तथा युजभेन्द्र चाहालले २ विकेट लिएका थिए ।

LEAVE A REPLY