Home मुख्य समाचार कांग्रेसको जागरण कति सफल ?

कांग्रेसको जागरण कति सफल ?

78
0
SHARE

-बेनी बहादुर कार्की

नेपाली कांग्रेसको महिनाव्यापी जागरण अभियान भरखरै सम्पन्न भएको छ । वैशाख २५ गतेबाट थालनी भएको यो कार्यक्रम यही जेठ २५ गते सम्पन्न भएको हो । पहिलो चरणको यो कार्यक्रम सकिएसँगै स्वयं कांग्रेस वृतमा चर्चा–परिचर्चा सुरु भएको छ । कांग्रेसमै चर्चा भइरहेको यो विषय अन्य क्षेत्रमा पनि चर्चा हुनु स्वभाविक नै हो । कांग्रेसले दोश्रो चरणको कार्यक्रम भने बी.पी. स्मृति दिवसको अवसर पारेर भदौ २४ गतेबाट थालनी गर्ने सम्भावना बुझिएको छ ।

कांग्रेसले पहिलो पटक थालनी गरेको यो राष्ट्रिय जागरण अभियान नामले नै राम्रो छ । कम्तिमा ७७ वटै जिल्लाका स्थानीय निकायमा सबै केन्द्रीय प्रतिनिधि गए । अन्तिम वतmाको रूपमा आफ्नो विचार बोले । कांग्रेसका साथीहरूसँग भेटे, विचार आदान प्रदान गरे । यस क्रममा कार्यकर्ता परिचालन भए । अरु दल र सर्वसाधारण जनताले पनि कांग्रेसको यो कार्यक्रम सुन्ने र हेर्ने अवसर पाए । यति हुनु पनि नहुनु भन्दा राम्रो हो । समग्रमा कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले यो कार्यक्रमको आयोजना गरेर धेरै राम्रो काम गरेको छ ।

सतहमा माथि भनिए अनुसार मात्र गरेर यसको उद्देश्य पूरा हुँदैन । यो कार्यक्रममा पहिलो र अति नै महत्त्वपूर्ण विषय भनेको नेपाली कांग्रेसको सैद्धान्तिक पक्षको गहिराइमा प्रचार–प्रसार र चिन्तन–मनन गर्न आवश्यक थियो । यो कति हुन सक्यो ? संचालक र सहभागीहरूले अब आत्मा आलोचना गर्नुपर्ने भएको छ । त्यसपछिको गर्न आवश्यक काम भनेको कांग्रेसलाई गुटबाट उन्मुतm गराइ एकजुट बनाउनु नै हो । कांग्रेसमा माथिदेखिकै गुटले तलसम्म पिरोलेको छ । यही कारणले विगतमा भएका चुनावमा अन्तर्घात भएकाले अहिले जनमत हुँदाहुँदै प्राविधिक कारणले सीट गणनामा कांग्रेस कमजोर भएको छ । जसले जे भने पनि यो रोगको उपचार नगरेसम्म जनताको विश्वास जितिँदैन र जनताको विश्वास नजितेसम्म निर्वाचनपनि जित्न सकिंदैन । पार्टीको चुनाव जित्नु भनेको तीनजना बिद्मार्थी भएको कक्षामा तेश्रो भएँ भनेजस्तो मात्रै हो । यो कार्यक्रमको तेश्रो महत्त्वपूर्ण कुरो यथार्थ रिपोर्टिङ हो । जसले खटाएको छ, उसैलाई खुशी बनाउने गरी संयोजकले प्रतिवेदन दिने हो भने अन्तत पार्टीप्रति इमान्दार नभएकै ठहर्छ । पार्टीप्रति इमान्दार भएर रिपोर्ट दिने हो भने आफू गएको प्रत्येक जिल्ला, गाँउ र वडाको यथार्थ तस्बीर प्रतिबेदनमा दिन सक्नुपर्छ । जसले आगामी निर्वाचनको आँकलन गर्न सहयोग मिल्न सकोस् । यस्तो प्रखर घाम र गर्मीमा यति पनि हुन सकेन भने यो काम झारा टार्नेरूपमा भएको मात्र हुनेछ ।

अन्त्यमा यो पहिलो चरणको काम भएको र अब आगामी चरणहरू हुन बाँकी नै भएकाले पहिलो चरणबाट आएका सुझाव र क्रिया ,प्रतिक्रियालाई कांग्रेसको नेतृत्वले हेक्का राखेर मनन् गर्न अति नै जरुरी हुन्छ । मै ठीक भन्ने पदको दम्भ राखेर मेरो गोरुको बाह्रै टक्का भन्ने होभने यो कार्यक्रम गरेको कुनै मतलब हुँदैन र कांग्रेस सुध्रने संभावना पनि रहँँदैन । फेरि पनि नसुध्रेसम्म चुनाव जित्न सकिंदैन । चुनावैै जित्न नसक्ने हो भने फेरि पनि उस्तै । अनि यो कार्यक्रम गरेको के अर्थ ? पहिलो चरणको कार्यक्रमको क्रममा कांग्रेस बृत र बाहिरबाटसमेत केही कुरा चर्चामा आएका छन् । यी हुन् – कांग्रेसमा झन् गुटबन्दी भयो । संयोजक बनाउने र बन्नेको गुटलाईमात्र बल मिल्यो । घाउमा नुन हाल्ने काम भयो । आफ्ना गुटकालाई मात्र बोल्न दिइयो । सीमीत मानिसलाईमात्र बोल्न दिइयो । माथि नै मिल । मुहान सफा गर । माथि नमिलेसम्म यो जागरण अभियानको कुनै औचित्य हुँदैन । नेताहरू आफ्नो स्वार्थमा नभै नेपाली जनताको हितमा काम गर आदि विरोधका स्वर आएका छन् । यी स्वरहरूलाई नजरअन्दाज गरी नेतृत्वले गम्भिरतापूर्बक लिन जरुरी छ । आफ्ना गल्ती र कमी कमजोरीलाई आत्मासाथ गर्न सकेमात्र जो कोही पनि सुध्रने हो । यो काम सत्तामा बसेकाबाट शुरु हुन जरुरी हुन्छ । अनिमात्र अरु पनि सिक्न बाध्य हुने हुन् । यो काम पहिलो चरणका खटाउने र खट्नेले आत्मसाथ गरेर सिंगो काँग्रेस साझा विचार र साझा मानिस बन्न आवश्यक छ । जसले गर्दा आगामी चरणका कार्यक्रममा अहिले भएका गल्ती नदोहोरिउन् र जागरण कार्यक्रम वास्तबमै सफल हुन सकोस् ।

LEAVE A REPLY