Home देश उपभोक्ताहित संरक्षणका लागि अभिमुखिकरण

उपभोक्ताहित संरक्षणका लागि अभिमुखिकरण

124
0
SHARE

-पेमाल्हमु शेर्पा –

संखुवासभा। बजार लक्षित गरी चैनपुरमा उपभोक्ताहित संरक्षण सम्बन्धिअभिमुखिकरण कार्यक्रमव घरेलु तथा सानाउद्योग विकास संस्था खाँदवारी, संखुवासभाको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा चैनपुर नगरपालिका भरीका जनप्रनिधिहरु, सुरक्षा निकायका प्रमुख, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थितिम ाभएको सो कार्यक्रममा प्रमुख कोष नियन्त्रक संखुवासभाका प्रकाश भट्टराई,चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका दोर्ण राई कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कोष तथा लेखानियन्त्रक प्रकाश भट्टराईले उपभोक्ता संरक्षण ऐन २०७५ ले संमेटेको मूलभूत विषयको वारेमा जानकारी दिनुभएको थियो । यसै गरी उपभोक्ताका अधिकार, उपभोक्ता संरक्षण कानुनले निशेषध गरेका कुराहरु, झुटो विज्ञापन, प्रचार प्रसार, दण्ड सजायको वारेमा जानकारी गराउनुभयो । यसै गरी चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनालले उपभोक्ता, उत्पादक, विक्रेता, आयतकर्ताले ख्याल गर्नुपर्ने विषयमा जानकारी दिनुभएको थियो । बजारसँग सम्बन्धित उत्पादक तथा आयत कर्ताले ध्यान दिनुपर्ने कुरा, विक्रेताले ध्यान दिनुपर्ने कुरा, ठगीबाट उपभोक्ता कसरी जोगीने ठगीबाट बच्चन उपभोक्ता आफै सचेत रहनुपर्ने जस्ता विषयमा सु–सुचित गरिएको थियो । यसैगरी घरेलु तथा साना उद्योग संस्था संखुवा सभाका प्रमुख दोर्ण राईले उपभोक्ताहित,संरक्षण सिद्धान्त र मुद्धा, उपभोक्ता आधार स्तम्भ, र बजारको विद्यमान अवस्थाको वारेमा जानकारी दिनुभयो ।

प्रचारप्रसारको अभावमा उपभोक्ता ठगीने गरेकोले यस किसिमको कार्यक्रम अझबढी गरिनुपर्ने, सम्बन्धित निकायहरुबाट वेला वेलामा बजार अनुगमनको व्यवस्था गर्न सके उपभोक्ताहित संरक्षण हुने विश्वास व्यक्त गर्नु हुदै नगरपालिकाको तर्फबाट सक्दो पहल गर्ने समेत वताउनुभयो । सुरक्षा निकायको तर्फबाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मिङमा शेर्पाले उपभोक्ताहरुलाई अझबढी जानकार गराउन यस किसिमको कार्यक्रम गर्नुपर्ने वताउनुहुँदै बजार अनुगमनमा नराम्रा पक्ष नपाएको वताउनुभयो । ४ नं अरुण गुल्मका गुल्म पति प्रहरी नायव उपरीक्षक कविन्द्र राईले अशिक्षा, अज्ञानताको कारणले सर्वसाधारण उपभोक्ता ठगीने देखि उत्पादक, वितरक समेत कानुनी कार्वाहीमा पर्ने गरेकाले ३ वटै पक्ष यस विषयमा जानकार हुने हो भने आफै सुधार आउने ठोकुवा गर्नुभयो ।

LEAVE A REPLY