Home जीवनशैली मुखमा रगत देखिनु कतै जटिल रोग त होइन ?

मुखमा रगत देखिनु कतै जटिल रोग त होइन ?

244
0
SHARE

डा. सुवास घिमिरे
डा. रुवी दास

मुखमा रगत देखिनु सामान्यत राम्रो लक्षण होइन । मुखमा रगत देखिनु कुनै पनि व्यक्तिको लागि सारै चिन्ताको विषय हो । कुनै पनि व्यक्तिको मुख वा शरिरमा रगत कतै बाट आयो भने मान्छे आत्तिनछन् झनै मुखमा देखियो भने यसले मानिसलाई कमजोर र मानसिक रुपमा असन्तुलित पर्दछ । हुन त प्रायजसो मुखमा रगत देखिएको हुनाले विरामीहरु दन्त चिकित्सककोमा के भयो र कसरी सावधान गर्ने चासो राखेर सल्लाहाको लागी आउँदछन, तर हाम्रो समाजमा धेर्रै मानिसहरु लाई मुखमा रगत देखिएपनि दुखाई नभएको हुनाले यस रोगलाई वास्ता नगर्ने वा उपचारको लागि नआउने पनि हुन सक्छ , जुन धारणा गलत हो मुखमा रगत आउनु एउटा Silent Disease जस्तो हो ।
तर यो संकेतलाई हामीले जान्नु पर्ने हुन्छ । दन्तचिकित्सकोमा आएर सल्लाह र
उपचार लिनु पर्ने हुन्छ ।

मुखबाट रगत आउनुको कारणहरु
१. प्रायजसो मुख बाट रगत आउने गिजाको कारणले हुन्छ ,
२. हाम्रो मुख सफा नभएमा , मुखमा व्याक्टेरियाको संक्रमणले इन्फेक्सन हुन्छ र
गिजा सुनिन्छ जसलाई Gingivitis भनिन्छ ,
३. Gingivitis को उपचार भएन भने यो गिजा भित्रको हड्डी सम्म संक्रमित
हु्न्छ जसलाई Periodontitis भनिन्छ ,
४. यसको एड्भान्स स्टेजमा दाँत खुकुलो हुने र हल्लेर निस्किन्छ ,
५. मुखबाट रगत आउनु डाइविटिजको संकेत पनि हुनसक्छ ,
६. डाईविटिज भएको मानिसमा अरुको तुलनामा गिजा बढी बिग्रने र रगत आउने
हुन्छ , (High Sugar Level) जसले घाउँ छिटो निको हुन्न र रोग
बढदै जान्छ ,
७. भिटामिनहरुको कमिलेपनि गिजा कमजोर हुने, घाउँ खटिरा हुने , मुखको
विभिन्न भाग बाट रगत आउने हुन्छ ,
८. ब्रस र फ्लस गर्ने तरिका नमिले भने ,
९. कडा ब्रसले धेरै समय सम्म ब्रस गर्नाले ,
१०. किमोथेरापी र रेडेयो थेरापीको साईड इफेक्टले
११. क्यानसरको एक प्रकार ल्युकेमिया रगतको क्यान्सर भन्ने रोगले ,
१२. रगत पातलो गर्ने औषधी Aspirin को Side Effect ले ,
१३. मुख वा गिजामा मासु पलाउनु (Pyogenic Granuloma) वा अरु कुनै क्यानसर जस्तो रोगले गर्दा असामान्य मासु पलाउनु ,
१४. कडा वा सारो खानेकुरा खानाले ,
१५. मुख सुख्खा भएमा ,
१६. मुखबाट सास फेर्नेबानी भएमा गिजाबाट रगत आउने हुन्छ,
१७. नमिलेका कृतिम दाँतहरुको प्रयोग गरेमा,
१८. दाँत गिजा बाट निस्कने क्रममा Tooth Eruption Phase वा
दाँत झर्ने बेलामा,
१.९ आन्द्रा भुडीको घाउँ वा अल्सरले पनि मुखमा भमिट आउदा मुखमा
रगत देखिन सक्छ ,
२०. गर्भवती महिला तथा किसोरी अवस्थामा खास गरी हार्मोनल परिवर्तनले पनि गिजाबाट रगत आउने हुन्छ,
२१. मुखमा रगत देखिनु क्यानसरको लक्षण पनि हुन सक्छ ।

 

सावधान,

१. दिनको दुई पटक खाना खाएपछि ब्रस र फ्लस गर्ने बानी बसालौँ,
२. सहि तरिकाले बस्रिङ र फ्लसिङ गर्ने, नरम खालको ब्रसको प्रयोग गर्ने ,
३. खाना खाएपछि सहि ढङगे मुख कुल्ला गर्ने ,
४. धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने,
५. मुखबाट सास फेर्नेबानी छ भने सुधार्ने ,
६. मुख सुख्खा भएमापनि रगत आउँछ,
७. विग्रीएको कृतिम दाँत Ill Fitting Denture छ भने , चिकित्सको सल्ला
अनुसार फेर्ने ,
८. रगत पातलो बनाउने औषधी Aspirin प्रयोग गर्ने दन्त उपचार लिनु
अगाडि परामर्स अनुसार रगतको आवश्यक जाँत गराउँने ,
९. डाईविटिज भएको विरामीले ,Sugar Level control
मा राख्ने ,
१०. Leukemia,Thrombocytopenia, Hemophilia जस्ता रोग
छ भने त्यसको उपचार गराउने,
११. भिटामिनको कमि छ भने आवश्यक परिक्षणहरु गराएर , त्यसको उपचार गर्ने,
१२. नियमित रुपमा दन्तपरिक्षण गराउने र के कारणले मुखमा रगत देखिएको हो
सो पत्तालगाई समयमै उपचार गर्ने
१३. यदि पेटको घाउँ वा अल्सरले गर्दा पनि वान्तामा रगत देखिए , त्यसको उपचारको लागि पनि सल्लाह लिने ,
१४. मुख बाट रगत लामो समय सम्म बढीमात्रमा गए मान्छे Anemic
हुन सक्छ र कमजोरी देखिन्छ, त्यसको लागि पनि डक्टरको परामर्स लिने,
१५. मुखमा घाउँ खटिरा वा अल्सर भएको छ भने चिसो , नरम कुराखाने
कडा , टासिने कुरा नखाने,
१६. बाङगो वा नमिलेको, तिखारिएका दाँतले पनि जिव्रो वा ओठमा घाउँ बनाउँदछ, त्यसलाई राम्रो सँग मिलाउने ,
१७. गर्भवति महिला वा किशोरी अवस्थामा ओरल हाईजिन मेन्टेनेन्स मा
विशेष ध्यान दिनुपर्छ र , नियमितरुपमा दन्त चिकित्सकको सल्लाह लिनु पर्छ ,
१८. मुखभित्रको कुनै पनि भागमा मासु पलाए, त्यसको परिक्षण गरेर, त्यसको
उपचार गर्नुपर्छ किनभने यसले क्यान्सर पनि निम्त्याउन सक्छ,
१९. यदि मुखमा पहिलो पल्ट लामो समय सम्म रगत देखियो भने , टाउँको दुख्ने वा बान्ता आउने भयो भने यो क्यान्सरको लक्षण हुनसक्छ, त्यसको लागि , अ‍ोरल म्याजीलोफेसीयल डाक्टर सँग परामर्स तथा विशेष उपचार गर्नुपर्छ।

(डा.घिमिरे र डा. दास ओम समाज डेण्टल हस्पिटलका दन्तरोग विशेषज्ञ हुन् ।)

LEAVE A REPLY