Home मुख्य समाचार १३ बुँदे घोषणा–पत्र जारी गर्दै सहकारी सम्मेलन सम्पन्न

१३ बुँदे घोषणा–पत्र जारी गर्दै सहकारी सम्मेलन सम्पन्न

94
0
SHARE

बागलुङ । बागलुङ बजारमा आईताबारदेखि शुरु भएको २ दिने धौलागिरी स्तरीय बृहत सहकारी सम्मेलन १३ बुँदे बागलुङ घोषण जारी गर्दै सम्पन्न भएको छ ।

“समावेशी आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि दिगो सहकारीता” भन्ने मूल नारा राखेर सम्पन्न सम्मेलनले सहकारी वित्तीय तथा सामाजिक सेवाका कार्यक्रमहरु मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानका लागि ७ वटा समसामयिक कार्यपत्रहरुमा छलफल गरि सुरक्षित संस्था र समृद्ध सदस्यहरुको भावनालाई व्यवहारमा कार्यान्वयन गर्न साझा प्रतिवद्धता जनाउँदै १३ बुँदे बागलुङ घोषणा जारी गरेको हो ।

घोषण पत्रमा प्रत्येक वर्ष कम्तिमा २५ प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, सहकारीमा आउन नसकेका विपन्न गरिब, पछि परेका तथा पारिएका वर्गका लागि कम्तिमा १० प्रतिशत व्यक्तिहरुलाई विशेष कार्यक्रमहरु सञ्चालन गरी प्राथमिकताका साथ सहकारीमा आवद्ध गराउने, सहकारीका सात सिद्धान्त मध्येको सहकारी बीच सहयोगलाई प्रभावकारी कार्यान्वयन गरी एक आपसमा सहयोग र समन्वयको बाताबरणको सिर्जना गरी उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान पुर्याउने, दिगो विकास लक्ष्य (सन् २०१६–२०३०) लाई केन्द्रित गरी धौलागिरी क्षेत्रमा दिगो सहकारीता विकासका लागि ऐक्यबद्धता जनाउँदै आ–आफ्नो संस्थाको नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिने, धौलागिरी क्षेत्रको कुल जनसंख्या मध्ये आगामी ५ वर्ष भित्र कम्तिमा २५ प्रतिशत व्यक्तिहरुलाई सहकारीमा आवद्ध गराउने, सहकारी संस्थाका हरेक नीति निर्माण संरचनाहरुमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत कायम गर्ने लगाएतका विषयबस्तुमा जोड दिईएको छ ।

यस्तै महिला तथा युवाहरुको वित्तीय पहुँच बढाउन थप सुविधाहरुको विकास गरी कार्यन्वयनमा ल्याउने, गरिबीको रेखामुनी रहेका सदस्यहरुको पहिचान गरी सहभागी हुन सक्ने समुचित ब्यवस्थापन मार्फत धौलागिरी वित्तीय पहुँचमा राष्ट्रिय स्तर भन्दा माथि हुने कार्यसम्पादन गर्ने, वित्तीय कारोवार गर्ने सबै सहकारी संस्थाहरुले विद्यमान जोखिम सुपरिवेक्षण गरी व्यवस्थापन गर्न विकास गरिएका गुणस्तरीय सुनिश्चितताको कार्यक्रमहरुमा सहभागी भइ सुरक्षित सहकारी अभियान सञ्चालन गर्ने, सहकारीमा आवद्ध सबै सदस्यहरुको कम्तिमा तीन महिनाको आवश्यक खर्च धान्ने गरी नियमित बचत रकम सुरक्षित हुने व्यवस्था गर्ने, सबै सहकारीहरुले वार्षिक रुपमा कम्तिमा एउटा उद्यमशिलता विकास तालिम सञ्चालन गर्न उत्कृष्ठ उद्यमीहरुलाई सम्मान गर्न तथा व्यवसाय प्रवद्र्धन केन्द्र मार्फत उद्यमी सदस्यरुलाई सेवा प्रदान गर्न उद्यमशिलता सहितको ऋणलाई प्राथामिकता दिने, सबै सहकारी संस्थाहरु आगामी आ.व. भित्र सहकारी ऐन २०७४ को दफा १०३ बमोजिमको स्थिरीकरण कोषमा आवद्ध भई जोखिम न्यूनिकरणमा योगदान पु¥याईने छ भने सोहि अवधिभित्र सदस्य पहिचान फारम भर्ने कार्य सम्पन्न गर्ने, एकिकरण अभियान मार्फत धौलागिरी क्षेत्रमा आगामी ३ वर्ष भित्र कम्तिमा १०० वटा सहकारी संस्थाहरुको एकिकरण गर्न प्रतिबद्धता जाहेर गर्ने, सहकारी ऐन नियम र कार्यविधि अनुसार सहकारी संस्थालाई अगाडि बढाउन तथा समृद्ध सदस्य निर्माणका लागि स्थानीय श्रोतको परिचालन गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै विकास साझेदारको रुपमा सहभागिताको बातावरण सिर्जना गर्ने जस्ता बुँदाहरु घोषण–पत्रमा समेटीएको छ ।

दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न विषय विज्ञ र सहकारी अभियन्ताहरुबाट गण्डकी प्रदेशमा सहकारीको सम्भावना अवसर, चुनौती र कानुनी व्यवस्था, महिला सहभागिता प्रबद्र्धन तथा दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी, तनाव व्यवस्थापनका लागि उत्प्रेरण र सकरात्मक सोच, समृद्ध नेपाल निर्माणमा सहकारी संस्थाको भूमिका, सुशासन प्रबद्र्धनमा स्थिरीकरण कोष तथा सक्षमता विकासका लागि एकिकरण अभिायनका सम्भावना तथा चुनौतिहरु, सहकारी उद्यमशिलता विकास सम्भावना तथा चुनौतीहरु, र सहकारीमा ऋण विषयका कार्यपत्रहरु प्रस्तुत भएको संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

सम्मेलनले धौलागिरी क्षेत्रलाई सहकारीको पवित्र तिर्थस्थलको रुपमा विकास गरी सहकारी पर्यटन प्रवद्र्धनमा योग्दान पु¥याउने तथा यस क्षेत्रमा रहेको सहकारी संस्थाहरुलाई नीति विधि र प्रविधिको प्रधानता भित्र शु–सञ्चालनका लागि साझा बुझाईको विकास गर्ने उद्देश्य राखेर सञ्चालन भएको सम्मेलन राष्ट्रिय सहकारी विकास वोर्डसंगको सहकार्यमा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र धौलागिरी स्थित विभिन्न संघ संस्था, बैंक, स्थानीय तह लगाएतको सहयोगमा आयोजना भएको थियो ।

LEAVE A REPLY