Home मनोरन्जन  ‘झुम्का’ बोलको गीत सार्वजनिक

 ‘झुम्का’ बोलको गीत सार्वजनिक

66
0
SHARE

गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘झुम्का’ बोलको गीतमा पुष्प खड्का र एलिशा शर्मा फिचर छन् । गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ ।सार्वजनिक उक्त गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने शब्द अम्बिका गौतमले लेखेकी हुन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ गरेका छन् ।शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारी डिओपी रहेको भिडियोमा मनोज पौडेलको छायांकन तथा सुरेश काफ्लेको ड्रोन उडाएका छन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

LEAVE A REPLY