Home ताजा समाचार डेनर्माकमा हुने प्रजातन्त्र मेलामा कांग्रेस प्रतिनिधिमण्डको नेतृत्व गर्दै उपसभापति निधि

डेनर्माकमा हुने प्रजातन्त्र मेलामा कांग्रेस प्रतिनिधिमण्डको नेतृत्व गर्दै उपसभापति निधि

78
0
SHARE

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गर्न भएको छ । डेनमार्कको बर्नहोल्ममा यहि जुन १३–१७ सम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरु त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई डेनमार्कतर्फ लाग्नु भएको हो । प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।

डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।

प्रजातन्त्र मेलामा सहभागी भएपछि कांग्रेस उपसभापति निधिसहितका नेताहरु बिश्वभर छरिएर रहेका नेपाली कांग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । बिभिन्न ३३ देशका महाधिबेशन प्रतिनिधिको सहभागिता रहने त्यस कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, बिश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाब, बिश्वको बदलिंदो राजनीति, दक्षिण एसिया र नेपाल बिषयमा अन्तरक्र्रिया कार्यक्रम गरिनेछ ।

LEAVE A REPLY