Home अर्थवाणिज्य मन्थलीमा जनता बैँकको नयाँ शाखा

मन्थलीमा जनता बैँकको नयाँ शाखा

178
0
SHARE

-वद्री नयाँघरे-

रामेछाप । बैकहरुको शहरको रुपमा परिचित मन्थलीमा बुधबार देखि जनता बैकले नयाँ शाखा मार्फत आफ्नो काम शुरु गरेको छ । बुधवार मन्थलीमा नयाँ शाखा आरम्भ गरेको जनताले देशभर एकै दिन पारेर बुधबार नै मन्थली लगाएत पाटन, सुन्धारा, ठीमी, फिदिम र डुम्रे मा एकै साथ ६ वटा शाखा औपचारिक रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइको जनता बैक लिमिटेडका अध्यक्ष केशर बहादुर रायमाझील जानकारी दिए । उक्त शाखा १ सय ३१ औ शाखाको रुपमा स्थापना भएको हो ।

जिल्लाका सरोकारवाला संस्थाका प्रमुख र तिनका प्रतिनिधि समेतको रोहवरमा मन्थलीका देवकोटा चोकमा शाखाको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले एक समारोहका साथ गरेका थिए । बैकको समुद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगरपकिालका प्रमुख रमेश कुमार बस्नेतले वैकले वैकिंङ्ग शुसासन मार्फत काम आरम्भ गर्न सुझाए नेपालमा कृषि क्षेत्रको भविष्य प्रचुर रहेको भन्दै वैकहरुले पनि कृषिको क्षेत्रमा लगानी वढाउन आग्रह गर्न गरे । उनले भने सर्व साधारण नागरिकहरुका लागी शुसासनमुखि सेवा र कृषिको क्षेत्रमा जान चाहने युवाहरुलाई निर्धक्क रुपमा ऋण प्रवाह गर्न आग्रह गर्दे उनीहरुका लागि धितो अपुग भए नगरपालिका जमानी बस्न समेत तयार रहेको बताए ।


बैक का प्रमुख कार्यकारी अधिकृत परशुराम क्षेत्रीले वैैकले संचालनमा ल्याएको विभिन्न खातामध्य जनता मालामाल मुद्धति खातामा बार्षिक ११ प्रतिशत सम्म ब्याज,वैकले दिनुका साथै ए.टि एम. सुबिधा सहित बिमा योजनाका बिभिन्न सेवा सुबिधाहरु दिने गरी जिल्लामा शाखा सञ्चालनमा ल्याइएको कार्यक्रमका अवसरमा वताएका थिए । उनले जनता बैक नाफामुखी मात्र नभएर महिला तथा वालवालीकाको क्षेत्र र अन्य सामाजिक काममा पनि प्रभावकारी भुमिका निभाउने प्रतिवद्धता व्यक्त गरे । उनले वैकले साना कृषकहरुलाई लघुकर्जा ब्यवसायिहरुलाई ब्यापारिक कर्जा र अन्य बिभिन्न प्रकारका कर्जाहरु समेत सरल ब्याजदरमा लगानी गर्ने बताए ।

बैक का अध्यक्ष केशर बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मन्थली नगरापलिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा,मन्थली मा.बि का प्राचार्य टंक प्रसाद दाहाल, गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष भुबन श्रेष्ठ लगाएतले आ आफनो शुभकामना मन्तब्य राख्दै बैंकहरुले नागरिकलाई ऋण लगानी गर्दा धेरै कागजातहरु जुटाउन लगाएर दुःख दिने गरेको पाइएकोले यसो नगर्न र नाफा मुखी मात्र काम नगरी सामजिक क्षेत्रको पनि काम गर्न अनुरोध गरेका थिए । बैकले जिल्लाको दुर्गम क्षेत्र मानिने दोरम्बा गाँउपालिकामा पनि एक बर्ष अघि देखि शाखा सञ्चालनमा ल्याएको थियो

LEAVE A REPLY