Home देश लखनपुर बस दुर्घटनामा २ को मृत्यु, ७ को अवस्था गम्भिर

लखनपुर बस दुर्घटनामा २ को मृत्यु, ७ को अवस्था गम्भिर

92
0
SHARE

-वद्री नयाँघरे-

रामेछाप,३१ जेठ । सोमवार साँझ रामेछापको लखनपुरमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यृु भएको छ भने ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने १५ जना घाईते भएका छन् । काठमाण्डौबाट यात्रु बोकेर जिल्लाको दोरम्बा गाउपालिका ६ लखनपुर तर्फ जादै गरेको अरनिको यातायात सेवा समितिको कोशी पारी यातायातको बस बिहीबार साँझ लखनपुरको भष्मे डाँडामा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुने २० जना मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।

मृत्यु हुनेहरुमा दोरम्वा गाउ पालिका ६ लखनपुरका हरि बहादुर कार्की र उद्धब गौतमको धुलिखेल अस्पतालमा उपचारको क्रममा गए रातिनै मृत्यु भएको हो । र्दुघटनामा परी घाईते भएकाहरु मध्ये कमला गौतम, तीर्थ प्रसाद गौतम, गंगा गौतम र गंगा प्रसाद लगायत ७ जनाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दोरम्बा र लखनपुरको भष्मे डाँडावाट खसेको बा २ ख ७२४२ नम्बरको बसकरिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अझै पनि खुल्न नसकेको प्रहरीले जनाएको छ । र्दुघटनामा परी कमला गौतम, तीर्थ प्रसाद गौतम, गंगा गौतम र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैलाई राति नै स्थानीयबासिन्दा र सुरक्षाकर्मीले एम्बुलेन्स र अरनिको यातायातका अन्य बस मार्फत धुलिखेल अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष कुमार भट्टराइले जानकारी दिएका छन । बसमा लखनपुरको एक विद्यालयमा शुक्रबार शनिवार संचालन हुने दन्त शिविरका लागि शिविरका लागी औषधि र सामान सहित आएका चिकित्सकहरुको समेत टोलि रहेको भट्टराइले जानकारी दिए ।

बा २ ख ७२४२ नम्बरको बस लखनपुरको बरको रुखको घुम्तीबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार रहेको बसका चालकलाई प्रहरीले पक्राउ गरि सकेको र उसलाई सदरमुका मन्थली ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

LEAVE A REPLY