Home देश लायन्स क्लब अफ ओखलढुंगामा धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लायन्स क्लब अफ ओखलढुंगामा धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

117
0
SHARE

२०७६, जेष्ठ ३१, काठमाडौं । लायन्स क्लब अफ ओखलढुंगाले तेजप्रसाद धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जोन चेयर पर्सन हरिप्रसाद दाहालको प्रमुख आतिथ्यतामा हालै काठमाण्डौंमा सम्पन्न क्लबको भेलाले लायन वर्ष सन् २०१९/२०२० का लागि धमलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको क्लबका सचिव गान्धर्वराज पौडेलले जानकारी दिए । जोन चेयर पर्सन एवम् क्लबका चाटर्ड प्रेसिडेण्ट हरिप्रसाद दाहाल रिजन चेयर पर्सन र सन् २०१८/२०१९ का क्लबका प्रेसिडेण्ट लेखनाथ दाहाल जोन चेयर पर्सनमा मनोनित भएपछि क्लबको नेतृत्व धमलाले सम्हाल्ने भएका हुन् ।

सोही अवसर पारेर क्लबले फस्ट भाइस प्रेसिडेण्टमा चित्रकुमार दाहाल, सेकेण्ड भाइस प्रेसिडेण्टमा जीवनाथ खतिवडा, थर्ड भाइस प्रेसिडेण्टमा गान्धर्वराज पौडेल, सचिवमा पुष्कर अर्याल र कोषाध्यक्षमा कृष्णप्रसाद खनाल मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा राजकुमार दाहाल, देवीप्रसाद दाहाल, वामदेव शर्मा अधिकारी, महेशकुमार अर्याल, नरेश पूर्वे, तिर्थराज भट्टराई, नेत्र तिम्सिना खत्री, योगराज निरौला, निकाश प्रजापति, नरेन्द्र महर्जन, वाशुदेव भण्डारी, डा. रोशन खतिवडा, इ. जनक अर्याल, गणेश अर्याल, गोपीकृष्ण दाहाल, सुरेशकुमार मगर, रिति दाहाल चयन भएका छन् ।

सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा भन्दा बढि मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाख पुगिसकेको भने नेपालमा वि।सं। १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनलले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब खुलीसकेको र यसमा आवद्ध २४ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाइएको छ ।

LEAVE A REPLY