Home ताजा समाचार अचम्मका स्वाभाविक गुण के के हुन् ? हेर्नुहोस् आजको नीति वचन

अचम्मका स्वाभाविक गुण के के हुन् ? हेर्नुहोस् आजको नीति वचन

167
0
SHARE

काके शौचं द्यूतकरे च सत्यं सर्पे क्षान्तिः स्त्रीषु कामोपशान्तिः ।
क्लीवे धैर्यं मद्यपे तत्त्वचिन्ता राजा मित्रं केन दृष्टं श्रुतं वा ।। –नीति श्लोक

कागमा शद्धता, जुवा खेल्नेमा सत्यता, सर्पमा सहनशीलता, स्त्रीमा काम शान्ति, मूर्खमा धैर्यता, मदिरा पान गर्नेमा तत्त्व चिन्ता र राजाका मित्र न कतै देखिन्छन् न त कतै सुनिन्छ नै । तद् व्यक्ति र वस्तुका यी स्वाभाविक गुण हुन् ।

कागलाई सदा अपवित्र नै मानिन्छ । किनकि कागलाई विष्ठा नभई चित्त नै बुझ्दैन । यसैगरी जुवा खेल्नेले झुट नबोली कहिल्यै जित्न सक्दैनन् । अर्थात् जुवाको स्वाभाविक धर्म नै छल हो । यसैगरी सर्पले कुनै पनि कुरा सहन गर्न सक्दैन । यसैगरी स्त्रीमा काम शान्ति, मूर्खमा धैर्यता, मदिरा पान गर्नेमा तत्तव चिन्ता हुनु पनि असम्भव छ । साथै राजाका मित्र कोही पनि हुदैनन् । आजको मित्र भोलिको शत्रु पनि रहन सक्छ । किनकि यी तद् व्यक्ति र वस्तुका स्वाभाविक गुण हुन् भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला –

LEAVE A REPLY