Home मुख्य समाचार आज आषाढ संक्रान्ति, सूर्य मिथुन राशिमा हेर्नुहोस् आजको दिन २०७६ आषाढ १...

आज आषाढ संक्रान्ति, सूर्य मिथुन राशिमा हेर्नुहोस् आजको दिन २०७६ आषाढ १ गते

433
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको १ आइतवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठ शुक्लपक्षको चतुर्दशी तिथि दिवा २।३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र दिवा १०।४२ बजेसम्म रहनेछ । आज साध्य योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ ।

चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज आषाढ संक्रान्ति हो । आजबाट सूर्य मिथुन राशिमा प्रवेश गरेका छन् । आज स्नान, दान, जपका साथै पञ्चाङ्गको फल श्रवण लाभदायी हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY