Home मुख्य समाचार मासिक राशिफल २०७६ आषाढ

मासिक राशिफल २०७६ आषाढ

1518
0
SHARE

मेष राशिः मेष राशिका लागि यो महिना उन्नतिकारक रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । भू–धन लाभदायी रहनेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । विद्या लाभदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार बढ्नुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउँनेछ । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यको क्षेत्र सबल देखिन्छ । धातुजन्य वस्तु हानिकारक रहनेछन् । यात्रामा भने सजगता अपनाउनु नै उचित हुनेछ ।

वृष राशिः वृष राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तुबाट लाभ रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । स्वास्थ्यमा भने सजगता अपनाउनु नै उचित हुनेछ । हाड नसासँग सम्बन्धित कमजोरी रहनसक्नेछ । खर्चमा पनि वृद्धि हुने देखिन्छ । शत्रु पक्ष पनि सबल रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो महिना यात्रामयी रहनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रबाट पनि विशेष लाभ हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । मित्र लाभ हुनेछ । धार्मिक कार्यमा मन जानेछ । खर्चमा भने अस्थिरता रहने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो महिना कार्यदायी रहनेछ । शत्रु नाश हुनेछन् । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्ने छन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना लाभदायी रहनेछ । सामाजिक कार्यम रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । बोलीको विशेष प्रभाव रहने देखिन्छ । सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक यात्राको योग पनि देखिन्छन् । प्रेममा सफलता प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ ।

कन्या राशिः कन्या राशिका लागि यो महिना उन्नतिकारक रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कार्य गर्ने नयाँ उत्साह मनमा छाउनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्ने छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धि हुनुका साथै कार्य प्राप्तिको योग देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुखकोे योग देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । अग्निजन्य वस्तुबाट सजग रहनु नै उचित हुनेछ ।

तुला राशिः तुला राशिका लागि यो महिना फलदायी रहनेछ । खर्चमा वृद्धि हुने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । भूधन लाभदायी रहनेछ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । व्यवसायमा वृद्धि हुनेछ । पराक्रम बृद्धिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने योग देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना वृद्धिदायी रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो महिना यात्रादायी रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि यो महिना यात्रादायी रहनेछ । व्यापार व्यवसाय बढ्नुका साथै विशेष लाभका योग देखिन्छन् । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छ । कर्म क्षेत्र बलवान् देखिन्छ । शत्रु निर्वल रहनेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु नै उचित हुने देखिन्छ ।

कुम्भ राशि :  कुम्भ राशिका लागि आषाढमहिना लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक उन्नति हुने छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धार्मिक यात्राका योग देखिन्छन् ।

मीन राशिः मीन राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । व्ययमा वृद्धि हुनेछ । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख रहने छ । प्रेम जीवन सुखद् रहनेछ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY