Home ताजा समाचार ‘तिमी बिना पतझड बनेको छ जीवन…’ गीत सार्वजनिक हेर्नुहोस् भिडियो सहित

‘तिमी बिना पतझड बनेको छ जीवन…’ गीत सार्वजनिक हेर्नुहोस् भिडियो सहित

153
0
SHARE

जेठ ३१, काठमाडौँ । डा. डी आर उपाध्यायको नयाँ गीत ‘तिमी बिना पतझड बनेको छ जीवन’ सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङररेकडिङ रहेको मधुर गीत ‘तिमी बिना भन्दै पतझड बनेको छ जीवन‘’को भिडियो सार्वजनिक भएको हो ।

अजय वाइवाको निर्देशन रहेको गीतको भिडयोमा आयुषमा, लक्ष्मी, सुजन, विशेष र निश्चललाई फिचरिङ गरिएको छ । प्रकाश बुढाथोकीको छायाँकन, अजय वाइवाको ड्रोन रहेको गीतको भिडियोलाई सिताराम भट्टराईले सम्पादन गरेका हुन् ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

LEAVE A REPLY