Home ताजा समाचार गुठी विधेयकविरूद्ध गोकर्णेश्वरमा प्रदर्शन, सयौं सहभागी

गुठी विधेयकविरूद्ध गोकर्णेश्वरमा प्रदर्शन, सयौं सहभागी

130
0
SHARE

असार २, काठमाडौँ । वर्तमान सरकारले ल्याएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किदै गएको छ । यसैक्रममा नेवार समुदायको बाक्लो उपस्थिति रहेको गोकर्णेश्वर नगरपालिकाका स्थानीयले पनि गुठी विधेयकको चर्को विरोध गरेका छन् । आन्दोलनमा अन्य समुदायको व्यक्ति तथा नागरिक समाजले पनि ऐक्यवद्धता जनाएको छाहारी युवा क्लबका अध्यक्ष समेत रहनु भएका सामाजिक कार्यकर्ता कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार गोकर्णेश्वर मन्दिर परिसरमा जम्मा भएका स्थानीयले जोरपाटीसम्म प्रदर्शन गरेका थिए ।

सरकारविरुद्ध चर्को नारावाजी गर्दै उनीहरूले गुठी विधेयक फिर्ता लिन माग गरे । बाजागाजा र झाँकीसहित गोकर्णेश्वर नगरपालिका गुठीयारहरू प्रदर्शनमा सहभागी भए । जोरपाटीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै स्थानीयहरूले धर्म, संकृति र परम्परालाई समाप्त पार्ने गरेर ल्याइएको गुठी विधेयकलाई कुनै पनि हालतमा आफूहरूले स्वीकार नगर्ने चेतावनी दिए । माग पूरा नभए अझ शशक्त आन्दोलन गर्ने छाहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY