Home ताजा समाचार नेपाल प्रज्ञा प्रतिष्ठान सरकारको लाचार छाया बन्दै

नेपाल प्रज्ञा प्रतिष्ठान सरकारको लाचार छाया बन्दै

114
0
SHARE

नेपाल प्रज्ञा प्रतिष्ठान सरकारको लाचार छाया बनेर राजनीति आस्था र विचारका आधारमा लोकतन्त्रमा आस्था राख्ने स्रष्टाहरुलाई विभेद गरेकोमा साहित्यकारहरुले तिब्र विरोध गरेका छन् । प्रज्ञा प्रतिष्ठानमा असार ८ गते सम्पन्न भएको कार्यक्रममा प्रा.हेमचन्द्र नेपालले राजनीतिक आस्था र विचारको आधारमा वर्तमान प्रज्ञा प्रतिष्ठानले कार्य गरिरहेको विचार राखेपछि प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती आक्रोशित भएका थिए ।

प्रतिष्ठानको ६२ औं वार्षिकोत्सक तथा कविता महोत्सवका सन्र्दभमा आयोजित काव्य विकर्शमा प्रस्तुत भएको डा.बिन्दु शर्माको समाकालीन नेपाली कवितामा समावेशी स्वरको गोष्ठीपत्र माथी टिप्पणी गर्दै प्रा.नेपालले विचारको आधारमा स्रष्टाहरुलाई प्रतिष्ठानले निषेध नगर्न माग समेत गरेका थिए । गोष्ठीपत्रमा प्रगतीशील कविहरुले मात्रै स्थान पाएको र लोकतान्त्रिक कविहरुको नाम समेत उल्लेख नभएकोमा प्रा.नेपालको कडा रुपमा विरोध जनाएका थिए ।

काव्य विमर्श कार्यक्रमका प्रमुख अथिति बरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले प्रतिकात्मक रुपमा विचार राख्दै समावेशी लोकतन्त्रमा एक जना मानिसको समेत आवाज सुनुवाई हुने बताए । काइलाले लोपउन्मुख कुसुण्डा जातीको उदाहरण दिदै बहुमतको आधारमा भाषा,साहित्य,कला र संस्कृतिलाई हेर्नु नहुने विचार समेत राखेका थिए ।कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा.गंगाप्रसाद उप्रेतीले प्रा.हेमचन्द्र नेपाललाई प्राज्ञहरु दिनेशराज पन्त, उषा ठाकुर र माया ठकुरीलाई देखाउदै आफुले राजनीतिक आस्था र विचारका आधारमा होइन, समावेशी र बहुबादका आधारमा प्रतिष्ठानको छवि उच्च राख्न काम गर्ने जवाफ दिए थिए ।

कुलपति डा.उप्रेतीले आफ्ना चारबाट समालोचनाका कृति र टेलिभिजनका अन्तरवार्ताहरुमा नेपाली साहित्यको विकासको बारेमा प्रष्ट रुपमा विचार राखेको चर्चा गर्दै आफ्ना समालोचना पढुन र टेलिभिजनर्का अन्तरवार्ता हेर्न समेत आग्रह गरे ।
कुलपति उप्रेतीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पालाल श्रेष्ठको स्मरण गर्दै नेपाल बहुलतापूर्ण समाज रहेको र साहित्य समाजका लागि लेखिने भएकाले प्रज्ञा प्रतिष्ठानले कुनै पनि विचार र आस्था राख्ने साहित्यकारलाई निषेध नगर्ने बताएका थिए ।

गोष्ठी पत्रमाथी उठेका प्रश्नको जबाफ दिदै डा.विन्दु शर्माले लोकतान्त्रिक स्रष्टाहरुका सिर्जनाहरुमा समावेशी स्वर नहुने भएकाले प्रगतीशील कविहरुका रचना मात्रै गष्ठी पत्रमा समावेश गरेको बताएकी थिइन् ।बरिष्ठ कवि कलानिधि दाहालको बुझाइमा करिब दुईतिहाई कम्युनिष्ट सरकारले गठन गरेको वर्तमान प्रज्ञा प्रतिष्ठानको समावेशीता र प्रतिष्ठानले गर्ने कार्यहरुलाई लिएर लोकतान्त्रिक स्रष्टाहरुले विरोध गर्नु भनेको मरुभूमीमा पानीको थोपा जस्तै हुनु हो । जसरी सरकारले प्रतिपक्षको भावना र विचारलाई निशेध गर्दछ त्यसैगरी प्रज्ञा प्रतिष्ठानले पनि लोकतन्त्रमा आस्था र अटल विस्वास राख्ने स्रष्टाहरुलाई प्रतिष्ठान भित्र प्रवेश गर्नै दिँदैन् ।

LEAVE A REPLY