Home कला/साहित्य कलानिधि दाहालको निबन्ध सङ्ग्रह ‘शिखर यात्रा’को लोकार्पण

कलानिधि दाहालको निबन्ध सङ्ग्रह ‘शिखर यात्रा’को लोकार्पण

199
0
SHARE

 कालिकास्थान । काठमाडौंमा एक समारोह बिच कलानिधि दाहालको निबन्ध सङ्ग्रह ‘शिखर यात्रा’को लोकार्पण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सभापतित्व साहित्य सुधा नेपालका अध्यक्ष कल्पना काफ्लेले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराई र विशिष्ट अतिथि डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो ।

डा. रामप्रसाद ज्ञवालीले लोकार्पित पुस्तकको समीक्षा गर्नु भएको थियो । डा. तुलसी भट्टराई, डा. गोविन्दराज भट्टराई, डा. कुमार कोइराला, हरिभक्त सिग्देल र अन्य अतिथिहरुले पनि पुस्तक बारे बोल्नु भएको थियो भने अन्त्यमा लेखकले पुस्तक बारे बोल्नु भएको थियो । कसैले लेखकलाई गम्भीर बौद्धिक र मौलिक चिन्तन गर्न सक्ने भनी सह्राहना गर्नुभयो भने कत्तिले अराजक कविको निबन्ध सङ्ग्रह पनि भन्नु भएको थियो । पुस्तक ओरिएन्टल पब्लिकेशनले प्रकाशन गरेको हो ।

LEAVE A REPLY