Home अर्थवाणिज्य मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई शाखा सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई शाखा सञ्चालनमा

94
0
SHARE

काठमाडौं, १७ असार ।’जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ र लघु बैंकिङ सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रूपमा शाखा कार्यालय विस्तार गरेको छ ।

सुर्यविनायक शाखाको उद्घाटन प्रतिनिधिसभाका सदस्य तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरूलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड दिँदै बैंकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

LEAVE A REPLY