Home खेल सावित्रा र युकेश बने पल्सर अवार्ड उत्कृष्ट खेलाडी

सावित्रा र युकेश बने पल्सर अवार्ड उत्कृष्ट खेलाडी

93
0
SHARE

काठमाडौं, १७ असार । यसवर्षको पल्सर अवार्डमा सावित्रा र युकेश उत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् ।

मनोनयनमा परेका भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पार्दै सावित्रा उत्कृष्ट बनेकी हुन् ।
यसैगरी प्याराग्लाइडिङका युकेश गुरुङले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।

उनले १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत पदक दिलाएका थिए । त्यस्तै स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरिसी वर्ल्ड कपमा कास्य पदक जितेका थिए ।

LEAVE A REPLY