Home मुख्य समाचार भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

108
0
SHARE

काठमाडौं, १८ असार । भारतीय कांग्रेसको अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिएका छन् ।

लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिँदै उनले राजीनामा गरेका हुन् ।

राजीनामा घोषणासँगै एक पत्र ट्विट गर्दै राहुलले अरुलाई जवाफदेही बनाउनुअघि आफू जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।

‘भविष्यमा पार्टी विस्तारका लागि जवाफदेहिता महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु,’ उनले पत्रमा भनेका छन् ।

LEAVE A REPLY