Home कला/साहित्य आर्ट काउन्सिलमा द्वन्द्व पीडितको फोटो प्रदर्शनी शुरु

आर्ट काउन्सिलमा द्वन्द्व पीडितको फोटो प्रदर्शनी शुरु

207
0
SHARE

काठमाडौं, १९ असार । नेपाल कला परिषद् (आर्ट काउन्सिल नेपाल) बबरमहलमा न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुको फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ ।

आगामी असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने फोटोहरु प्रदर्शनमा राखिएको छ । सशस्त्र द्वन्द्वकालमा भएका विभिन्न घटनाहरुबाट पीडितहरुको कथा प्रदशस्नीमा राखिएका फोटोमा झल्किन्छ ।

महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको फोटो प्रदर्शनीको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा लगायत द्वन्द्व पीडितले संयुक्त उद्घाटन गर्नुभएको थियो ।


उद्घाटन कार्यक्रममा द्वन्द्वका बेलाका घटनाहरुलाई समेटेर बनाइएको कथामा नाटक प्रदर्शन गरिएको थियो । त्यसैगरी देशका विभिन्न ठाँउमा रहेका सशस्त्र द्वन्द्वकालका पीडितहरुको कारुणीक कथालाई समेटेर तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘द्वन्द्वका नमेटिएका घाउ’ नामक पुस्तक विमोचन गर्नुभएको थियो ।

LEAVE A REPLY