Home कला/साहित्य खप्तड

खप्तड

327
0
SHARE
  • यज्ञराज जोशी

खप्तड भन्नु प्रकृतिको ढुकूटीनै रैछ ।
कल्पनाको स्वर्ग जस्तै अति सुन्दर रैछ ।।
पाटनमात्र होईन रैछन ईन्द्रको गलैचा ।
देबदारमात्र होईन रैछन महादेबको जटा ।।
त्रिवेणीमा बग्ने पानी अमृतपो रैछ
खप्तडभन्नु — – –

बाबा त्यस्तै बसेनछन् प्रकृतिको काखमा ।
ऋषीमुनी तपस्यीको तपस्यास्थल रैछ ।।
टल्कनेती शीला ढुङ्गा मात्र होईन रैछन ।
अब्रख फलाम तामाकोत भण्डारणनै रैछ ।।
साच्चीकैनै कुबेरको खजानानै रैछ ।
खप्तडभन्नु – – –

रंगी चंङ्गी फूलहरूले सजिसजाउ बन ।
भन्नै पर्दा अप्सराको कृडास्थल रैछ ।।
खप्तडका झारपात अनि सानाबुटाहरू
बेहोसीलाई होसमा ल्याउने संजीबनि रैछन
खप्तडत चारजिल्लाको सीमा होईन रैछ ।
पर्कृतिका पुजारिको संगम स्थल रैछ ।।
खप्तडभन्नु – – –

पाटन गूफा अनि दह जतिदेखा पर्छन ।
यीत सबै देबगणका बासस्थान रैछन ।।
अनुसन्धान कर्तालेत जानै पर्ने रैछ ।
खप्तडको महानताको खोजबिन गर्नै पर्छ ।।
खप्तडभन्नु प्रकृतिको ढुकुटीनै रैछ, ढुकुटीनै रैछ ।।

(लेखक भिमदत्त नगरपालिकाका पूर्वनगर प्रमुख, वरिष्ठ पत्रकार तथा ने.का. पूर्व आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।)

LEAVE A REPLY