Home मुख्य समाचार नेपाली कांग्रेस : आन्तरिक संरचना निर्माणलगत्तै महाधिवेशन तयारी

नेपाली कांग्रेस : आन्तरिक संरचना निर्माणलगत्तै महाधिवेशन तयारी

90
0
SHARE

काठमाडौं, २२ असार । गत निर्वाचनयता नेपाली कांग्रेसको संस्थापनइतरका समूहले महाधिवेशनको माग गर्दै आइरहेका छन् । सोही सेरोफरोमा रहेर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसको १४औँँ महाधिवेशनको प्रक्रिया सुरु हुने भएको छ । अन्तरिम संरचना बनाएलगत्तै महाधिवेशनको तयारी थाल्ने देउवा–पौडेलको सहमति छ । सहमतिसँगै आइतबार साँझ केन्द्रीय कार्यसमितिको बैठक सुुरु भएको छ । बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएको छ ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औँ महाधिवेशनलाई एजेन्डा नबनाए बैठक नै बहिष्कार गर्ने चेतावनी दिएको थियो । पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टीको अन्तरिम संरचना बनाएलगत्तै १४औँ महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अगाडि बढाउने विषयलाई बैठकको एजेन्डा बनाउने सहमतिपछि बैठक अघि बढेको हो ।

आगामी भदौभित्र वडा, स्थानीय तह, क्षेत्रीय र प्रदेशमा अन्तरिम संरचना बनाउने र लगत्तै १४औँ महाधिवेशनको कार्यातालिका बनाएर प्रक्रिया अगाडि बढ्ने बताइएके छ ।

वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल आगामी फागुनमा पूरा हुन्छ । तर, फागुनमै महाधिवेशन भने हुन नसक्ने देखिएको छ । कांग्रेसको विधानअनुसार ६–६ महिना गरेर एक वर्ष म्याद थप गर्न सकिन्छ ।

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेन्डा प्रस्तुत गरेका छन् । पहिलो एजेन्डा नियमावली प्रस्तुत गर्ने छ भने दोस्रो अन्तरिम संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरेर प्रक्रिया थाल्नेछ ।

क्रियाशील सदस्यता नवीकरण, राष्ट्रिय जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठान र अनुशासन समितिको प्रगति विवरण, भ्रातृ तथा शुभेच्छुक संगठनको विधान संशोधन र मान्यता प्रदान, भ्रातृ संगठन, जनसम्पर्क समितिलगायत पनि बैठकको एजेन्डा हुन् ।

LEAVE A REPLY