Home खेल एसीसी इस्टर्न रिजन यू १९ क्रिकेट: मलेसियालाई ७ विकेटले हराउदै नेपाल फाइनलमा

एसीसी इस्टर्न रिजन यू १९ क्रिकेट: मलेसियालाई ७ विकेटले हराउदै नेपाल फाइनलमा

116
0
SHARE

एजेन्सी, २३ असार । एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । मलेसियाकाे किनरारा ओभल मैदानमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेकाे हाे । नेपालले उपाधिको लागि मंगलबार सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ । ८८ रनको लक्ष्य पाएकाे नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालको जितकालागि भीम सार्की र रोहित कुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट रहँदा रोहित ३१ रनमा नट आउट रहे । पवन शर्राफ १८ रनमा आउट हुँदा रीत गौतम ३ रनमा पेभेलियन फर्किए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । तेस्रो नम्बरमा मुहम्मद अमीरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वाीधक व्यक्तिगत स्कोर हो ।

LEAVE A REPLY