Home खेल नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

84
0
SHARE

एजेन्सी, २४ असार । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ ।  मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले हराउदै नेपाललले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा ओपनर ब्याट्सम्यान पवन शर्राफ र रीत गौतमले ३९ बलमा ५२ रनको साझेदारी गरे ।

दुई पटक भएको टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुँईमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नु परेको थियो ।

नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाएका थिए । हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे ।

श्रीलंकामा यू १९ एसियाकप अगस्ट र सेप्टेम्बरमा आयोजना हुँदै छ । जसमा घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, युएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY