Home खेल भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

86
0
SHARE

काठमाडौं, २५ असार, । न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

न्यजिल्यान्डले भारतलाई २४० रनको लक्ष्य दिएकोमा भारत जम्मा २२१ बनाएर अलआउट भयो । भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडेका थिए । रवीन्द्र र धोनीले ११६ रनको साझेदारीका बाबजुद भारतले हारको सामना गर्यो ।

खेलको सुरुवातमा कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुल समान १–१ रनमा आउट भएपछि भारतहारउन्मुख भएको थियो । १.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएपछि भारतले जित्ने सम्भावना न्यून भएको थियो ।

न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो । ६७ रन बनाएका रोस टायलर सात रन बनाएर आउट भए । उनी ९० बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भए । त्यसलगत्तै टोम लाथम पनि १० रनमा आउट भएपछि न्युजिल्यान्डले ठूलो स्कोर बनाउन सकेन ।

यसअघि मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल पानी परेका कारण स्थगित भएको थियो । ‘रिजर्ब डे’अनुसार बुधबार बाँकी खेल भएको थियो ।

न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाएको थियो । त्यसपछि लगातार पानी परेपछि खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई जितउन्मुख बनाएका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

LEAVE A REPLY