Home मुख्य समाचार प्रमलाई कांग्रेसकाे प्रश्न : लगाम उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’

प्रमलाई कांग्रेसकाे प्रश्न : लगाम उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’

111
0
SHARE

काठमाडौं, २६ असार । सरकारका तर्फबाट प्रवक्ता गोकुल बास्कोटाले नेपाली कांगेसलाई नेकपा विप्लव समूहको हिंसाबारे धारणा माग गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको दह्रो जवाफ फर्काएका छन् ।

बास्कोटाले विप्लव समूह र सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस वेलैमा स्पस्ट हुनुपर्ने चेतावनी दिएका थिए । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के हो ? विप्लवजीहरुले गरेको हिंसा वैध हो ?’

सरकारका प्रवक्ता यतिमा मात्रै रोकिएनन् । ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछेको भन्दै उनले प्रश्न गरे, ‘दिनभरि बिपी, रातभरि विप्लव हो ?’

सञ्चारमन्त्रीको सो भनाइप्रति आक्रोश व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई चेतावनी दिँदै ‘आफ्ना मन्त्रीहरुलाई सम्हाल्न’ आग्रह गरेका छन् । शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विटमा भनेका छन्, ‘लगाम उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’

उनले लेखेका छन्– प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ, संसद्मा तब कुनै फोटोकपी मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्न । भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनुहुन्न । लगाम उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?

कांग्रेसले बुधबार मात्र नेपाली भाषामै विज्ञप्ति जारी गरेको र यही कसैले बुझ्दैन भने कांग्रेस कार्यालयमा आएपछि आफूहरू ट्युसन पढाउन तयार रहेको उनको भनाइ छ । शर्माले विप्लव समूहले हिंसा छोड्नुपर्ने र सरकारले पनि वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको धारणा रहेको प्रस्ट पारे ।

LEAVE A REPLY