Home देश सडक दुर्घटनामा परी मलेशियामा नेपालीको मृत्यु

सडक दुर्घटनामा परी मलेशियामा नेपालीको मृत्यु

161
0
SHARE

कञ्चनपुर, २९ असार ।  सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ ।

शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो ।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ । मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताउनुभयो ।

खैरेनीमा चरी बाघको आतङ्क
भीमदत्त नगरपालिका–६ खैरेनीमा केही दिनदेखि चरी बाघ (लिओपार्ड क्याट) ले आतङ्क मच्चाएको छ । बाघले गोठमा पसेर स्थानीयका बाख्रा खान थालेको छ । चरी बाघ संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको जनावर हो ।

खैरेनीका हिरा धानुकले केही दिनदेखि चरी बाघले गोठमा पसेर तीन बाख्राका पाठा खाइसकेको बताउनुभयो । “हेर्दा रातो पाटो देखिन्छ । राति आउँछ, हल्ला गरेपछि भागेर जान्छ”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार मानबहादुर रावल र खगेन्द्रका दुई-दुई तथा हरिना पाण्डेको एक बाख्रा खाएको छ । अन्य सात बाख्रा दाह्रा लगाएर घाइते बनाइएका छन् ।

जिल्ला वन कार्यालयको प्राविधिक टोलीले शनिबार स्थलगत निरीक्षण गरी चरी बाघले पु¥याएको क्षतिको जानकारी लिएको छ ।

जिल्ला वन कार्यालयका सहायक अधिकृत जीवछ यादवले स्थानीयवासीले दिएको जानकारीका आधारमा स्थलगत निरीक्षण गरिएको बताउनुभयो । “गाउँबाट सूचना आएपछि त्यहीँ पुगेर जानकारी लिएका छौँ । बाख्रा खाएको पनि हे¥याँै”, अधिकृत यादवले भन्नुभयो, “तर बस्तीमा बाघ त नआउनुपर्ने हो, कहाँबाट कसरी आयो, अचम्ममा छाैँ ।”
रासस

LEAVE A REPLY