Home जीवनशैली दाँत किन दुक्छ ?

दाँत किन दुक्छ ?

183
0
SHARE

 -डा.सुभाष घिमिरे-

शरीरको पाले अथवा भनौं मुख्य द्धार मुख हो, त्यसैले सधैं हँसिलो र फुर्तिलो हुनलाई मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गिँजाभित्र फोहोरको कारणले दाँत दुखिरहने, दाँत किराले खाएर खाल्टो पार्ने, किराले खाएको दाँत दुखेर रातभरि सुत्न नदिने, खाएको समयमा एक साइडबाट मात्रै खाँदा दुवैपट्टिको दाँत सामेल नहुँदा टाउको दुख्ने आदि मुख्य समस्या हुन् । हामी अनियन्त्रित हिसाबमा खाना खान्छौँ । त्यसले मुखभित्र विभिन्न रोग आउँछ र क्यान्सरसमेत हुन सक्छ । अहिले साधारण दुख्नेदेखि लिएर मुखको क्यान्सरसम्म हुने समस्याहरू भयावह रूपमा बढिरहेको छ । मुखबाट खाने चिजलाई राम्रोसँग नियन्त्रण गर्नुपर्छ ।

दाँत किन दुक्छ ? धेरै कारणले गर्दा दाँत दुख्छ । गिँजा सुन्नियो, दाँत फुट्यो, घोटियो, कुँडियो, किराले खायो र कहिलेकाहीँ ट्रिटमेन्ट गर्दागर्दै औषधिको कारण पनि दाँत दुख्ने हुन्छ । कडा चिज खाँदा र ठोक्कियो भने पनि दाँत दुख्ने गर्छ । रोग हुनुभन्दा नहुनु राम्रो हो । स्वस्थ हुनको लागि मुखको ख्याल गर्नुपर्छ । मुख स्वस्थ राख्ने भनेको किरा नलाग्नु, ब्रस गर्ने मात्र होइन । मुख भनेको मुख नै हो, मुखले राम्रो कुरा ग¥यो भने ठीक हुन्छ तर नराम्रो कुरा भने मन दुख्छ अनि मानसिक रूपमा प्रभाव पार्छ । मुख महत्वपूर्ण मानव अंग हो, सबैले सुरुमा हेर्ने पनि मुख हो । समस्या उत्पन्न नै हुन नदिन विभिन्न उपाय अपनाउन सकिन्छ । १) दैनिक एउटा स्याउ खाने २) गुलियो कुराहरू नखाने, खानामा बढी कार्बोहाइड्रेड भएको ग्लुकोजयुक्त नखाने ३) दैनिक ब्रस गर्ने ४) खानामा कन्ट्रोल गर्ने ५) चुरोट, रक्सी तथा शरीरलाई हानि गर्ने कुनै पनि कुरा नखाने। ( डा.घिमिरे ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष हुन् ।)

LEAVE A REPLY