Home ताजा समाचार सज्जनको संगत किन गर्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

सज्जनको संगत किन गर्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

104
0
SHARE

जाड्यं धियो हरति सिंचति वाचि सत्यं,
मानोन्नतिं दिशति पापमपाकरोति ।
चेतः प्रसादयति दिक्षु तनोति कीर्तिं,
सत्संगतिः कथय किं न करोति पुंसाम् ? – नीति श्लोक

सज्जनको संगतले बुद्धिको जटिलता हटेर जान्छ, वोलीले सत्यको सञ्चार गर्छ, मानमा वृद्धि हुन्छ, पद प्रतिष्ठा प्राप्ति हुन्छ, पापबाट मुक्ति मिल्छ, चित्तमा प्रशन्नता रहनुका साथै आफ्नै कीर्ति पनि सर्वत्र फैलिन्छ । अतः सत्संगलते के गर्दैन र ?

मान्छेलाई उन्नतिको शिखरमा चढाउने एकमात्र उपाय सज्जनको संगत नै हो । संगत राम्रा सज्जन व्यक्तिको गर्नुपर्दछ जसले हरेक क्षेत्रमा लाभ हुन्छ कुनै हानि बेहोर्नु पर्दैन । सज्जनको संगतले सर्वप्रथमतः बुद्धिमा भएको विकारलाई हटाउँछ । यसैगरी सत्यको सञ्चार गराउने उपाय पनि सज्जनको संगत नै हो । पापबाट मुक्ति दिलाउनुका साथै चित्तमा प्रशन्नता भर्ने सामथ्र्य पनि सज्जनमा रहन्छ । त्यसैले असल व्यक्तिको संगत गर्नुपर्छ, सज्जनको संगत गर्नुपर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला,ज्योतिषाचार्य–

LEAVE A REPLY