Home पुनर्निर्माण पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न

पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न

152
0
SHARE

कावासोती, साउन २ गते । भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम नवलपरासी पूर्वमा ८२ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५-७६ को असार मसान्तसम्ममा निजी आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।

नवलपुरमा भूकम्पका कारण ८५२ घरमा क्षति पुगेको थियो । तीमध्ये ६९५ ले घर निर्माणको काम सकेको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न गर्ने ६९५ ले तेस्रो किस्ताको रकम बुझेका छन् । दोस्रो किस्ताको अनुदान रकम बुझ्नेको सङ्ख्या भने ९४ प्रतिशतको हाराहारीमा रहेको उहाँले बताउनुभयो । पहिलो चरणको पुनःनिर्माणको काम अब चाँडै सम्पन्न हुने प्रमुख कार्कीले बताउनुभयो ।

नवलपुरमा गुनासो दर्ता गर्नेको सङ्ख्या दुई हजार २४० रहेको छ । गुनासो दर्ता गर्नेको सर्वेक्षणको काम शतप्रतिशत सम्पन्न भएको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार गुनासो दर्ता गर्नेमध्येबाट पाँच जनाको प्रबलीकरणका लागि नाम थप भएको छ । पाँच जनाले दोस्रो चरणको पुनःनिर्माणअन्तर्गत पहिलो किस्तावापतको रकमसमेत बुझिसकेका छन् ।

यस्तै विद्यालय पुनःनिर्माणतर्फ पहिलो चरणमा ३१ विद्यालय निर्माणको काम सकिएको छ । चार विद्यालय निर्माणको काम अन्तिम चरणमा रहेको छ । दोस्रो चरणमा थप ३७ विद्यालयसँग निर्माण सम्झौता भएको छ । जसअन्तर्गत सबै विद्यालयको पुनःनिर्माणको काम जारी रहेको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । विद्यालय भवन पुनःनिर्माणको काम सकिएका तीन विद्यालयमा शौचालय निर्माणको कामसमेत चलिरहेको प्रमुख कार्कीले बताउनुभयो । विद्यालयमा दुई, तीन र चार कोठाका दरले भवन निर्माण गरिएको छ । रासस

LEAVE A REPLY