Home देश पाइप लाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रियो

पाइप लाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रियो

110
0
SHARE

साउन ३, काठमाडौं । भारतबाट ट्याङ्करमा ल्याइने पेट्रोलियम पदार्थ अव पाइपलाइनबाटै आउने पक्का भएको छ । आज विहान पहिलो पटक अमलेखगन्ज डिपोमा खसाइएको हो ।

बुधबार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९।२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो । आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो । पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिदै गरिएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले जानकारी दिए ।

‘एक हजार लिटर डिजेल ट्याङ्कीमा खसिसके पछि अहिलेलाई पाइप बन्द गरिन्छ,’ उनले भने, ‘पाइपलाइनको औपचारिक उद्घाटनपछि मात्रै व्यवसायिकरुपमा तेल आउन सुरु हुन्छ ।’

पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगन्जमा छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल(भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो ।

LEAVE A REPLY