Home देश बाढीबाट ८१ लाखभन्दा बढी मूल्यको बिरुवा नष्ट

बाढीबाट ८१ लाखभन्दा बढी मूल्यको बिरुवा नष्ट

60
0
SHARE

गौशाला, ३ साउन   । अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट भएको छ ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहका अनुसार जिल्लामा बाढीले विभिन्न नर्सरीमा लगाइएका छ लाख ५२ हजार ९५० बिरुवा नष्ट भएको हो । रातु, विग्ही, मरहा, जङ्घा, अङ्कुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका–९, बलवा, भङ्गहा नगरपालिका–४, जलेश्वर नगरपालिका–४ मा रहेका वन नर्सरीमा बिरुवा एकवर्षे, दुईवर्षे र बहुद्देश्य रूख तथा काष्