Home मुख्य समाचार आज आइतबार, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण ५...

आज आइतबार, शुभाशुभ कस्तो रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ श्रावण ५ गते

136
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको ५ गते आइवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्ष चतुर्थी तिथि बिहान ८।४६ रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र बिहान ५।५८ रहनेछ । आज सौभाग्य योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२२ मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज आइतबार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY