Home मुख्य समाचार भारतीय कंग्रेसकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन

भारतीय कंग्रेसकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन

133
0
SHARE

नयाँ दिल्ली– भारतीय कंग्रेसकी वरिष्ठ नेतृ शीला दीक्षितको ८१ वर्षको उमेरमा शनिबार निधन भएको छ । शनिबार बिहान उनको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो ।

उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको अस्पतालका निर्देशक डा. अशोक सेठले जानकारी गराए । लगत्तै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

१५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी दीक्षित लोकसभा चुनावअघि दिल्ली कांग्रेसकी अध्यक्ष बनेकी थिइन् ।

दीक्षितको निधनको शोकमा प्रदेश सरकारले दुई दिन राजकीय शोक मनाउने घोषणा गरेको छ । उनको अन्तिम संस्कार आइतबार निगमबोध घाटमा गरिने जानकारी दिइएको छ ।

३१ मार्च १९३८ मा पञ्जाबको कपुरथलामा जन्मिएकी दीक्षितलाई सन् १९९८ मा तत्कालीन कंग्रेस अध्यक्ष सोनिया गान्धीले दिल्लीको जिम्मेवारी दिएकी थिइन् ।

चुनाव जितेर उनी मुख्यमन्त्री बन्न सफल भइन् । उनले सन् २०१३ सम्म तीन कार्यकाल मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।

LEAVE A REPLY