Home देश बाह्रौं उत्कृट सम्मानद्वारा ३० जना विद्यार्थीहरु सम्मानित

बाह्रौं उत्कृट सम्मानद्वारा ३० जना विद्यार्थीहरु सम्मानित

239
0
SHARE

-गान्धर्वराज पौडेल –

काठमाण्डौं । का.म.न.पा. ६ स्थित सगरमाथा एजुकेशनल एकेडेमीले ३० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । धुम्वाराहीस्थित एस आर पार्टी प्यालेसमा एक कार्यक्रम गरी विद्यालयले एस.ई.ई. मा उत्कृट जि.पि.ए. ल्याउन सफल विद्यार्थीहरुलाई बाह्रौं उत्कृट सम्मानबाट सम्मानित गरेको विद्यालयका निर्देशक नारायण सापकोटाले जानकारी दिनुभयो ।


ब्यङ्य साहित्यकार कृष्ण मुरारी गौतम “चट्यङ मास्टर” को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रममा सभापति सहित्यकार मित्रलाल पंज्ञानीको सभापत्विमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि “चट्यङ मास्टर” ले सिपमूलक शिक्षामा जोड दिन र स्वरोजगारको क्षेत्रमा अघि बढ्न विद्यार्थी भाइ बहिनीहरुलाई सुझाव दिनुभयो ।


त्यसैगरी कार्यक्रमका समपति पंज्ञानीले विद्यार्थी देसका कर्णधार भएकाले अभिभावकको परिश्रम खेर नफाली देस र समाजका लागि सक्षम र योग्य बन्न विद्यार्थीहरुलाई सल्लाह दिनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सगरमाथा एजुकेशनल एकेडेमीका प्रिन्सिपल पुष्पराज सिंखडाले विद्यालयले विगत १२ वर्षदेखि नै उत्कृष्ट नतिजा ल्याउनमा अभिभावकको सहयोग, शिक्षक र विद्यार्थीहरुको इमान्दारिता, लगनशिलताले नै सम्भव भएको बताउनुभयो । सुरुका वर्षदेखि नै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत अधिकतम सहभागिता गराउँदै आएको छ । विद्यालय नाफामुखी मात्र नभई विद्यार्थी, अभिभावक तथा आम जनताहरुको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा समेत चासो राख्दै आएको बताइएको छ ।

LEAVE A REPLY