Home मुख्य समाचार बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन पक्का

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन पक्का

131
0
SHARE

लण्डन– बेलायतको नयाँ प्रधानमन्त्रीमा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसन नियुक्त हुने पका भएको छ । राजधानी लण्डन सहरका पूर्वनगर प्रमुख रहिसकेका उनी पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजयी भएक छन् ।

उनले विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता जेरमी हन्टलाई पराजित गर्दै बेलायती प्रधानमन्त्रीका लागि आफूलाई योग्य सावित गरेका छन् । जोनसनले नेता हन्टलाई झन्डै आधा मतान्तरले पछि पारेका छन् ।

कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टेरिजा मेको विकल्पमा नयाँ नेतृत्व छान्नका लागि भएको अन्तिम चरणको मतदानमा जोनसनलाई ९२ हजार १ सय ५३ मत परेको थियो भने हन्टलाई ४६ हजार ६ सय ५६ मत परेको कन्जर्भेटिभ पार्टीले जनाएको छ ।

जोनसनले आफ्नो नेतृत्वमा बेलायत युरोपेली युनियनबाट बाहिरिने प्रतिबद्धता व्यक्त गरेका छन् । जोनसनले बेलायती प्रधानमन्त्री टेरिजा मेको स्थानमा बुधबार नै औपचारिक रूपमा जिम्मेवारी लिने बताइएको छ ।

LEAVE A REPLY