Home कला/साहित्य जेठी श्रीमती हेमा ओझाको उजुरीपछि छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

जेठी श्रीमती हेमा ओझाको उजुरीपछि छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

161
0
SHARE

काठमाडौं, ८ असार । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको उजुरी गरेपछि छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुईजनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले हेमाको उजुरीका आधारमा पुर्जी जारी भएको र महिला सेल, कालिमाटीले अनुसन्धान थालेको जनाएको छ । अहिले दुवैको खोजी भइरहेको परिसरले जनाएको छ ।

छविकी जेठी श्रीमती हेमाले गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो । नायिका शिल्पा पोखरेलले र निर्माता छविराज ओझाविरुद्ध डिभोर्स प्रक्रिया सुरु गरेकी छिन् ।

हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । हेमाको उजुरीसँगै घटनाले नयाँ मोड लिएको छ ।

LEAVE A REPLY