Home कला/साहित्य निर्मलाप्रतिको श्रद्धाञ्जली

निर्मलाप्रतिको श्रद्धाञ्जली

364
0
SHARE

बाबा मलाई के भन्दैछन गाउँलेले
ममी मलाई के भन्दैछन मावलिले?
आत्मामेरो तड्पीराछ पानी नपाई
बिचमै म लड्कीराछु खानै नपाई
हावामा नै अल्झिराछु तुफान समाई
स्वर्ग नर्क जाने बाटो थाहै नपाई
बाबा मलाई के भन्दैछ समाजले
ममी मलाई के भन्दैछ समाजले ?

अनाहकमै मेरो यस्तो गति हुँदा सम्म
अनाथ म बालिकाको क्षेति हुँदा सम्म
राष्ट्र पनि मुकदर्शक भएको झैँ लाग्छ
साथि संगीहरू टाढा गएको झैँ लाग्छ
बाबा मलाई के भन्दैछ सरकारले
ममी मलाईके भन्दैछन हकदारले?

घर न घाटको बनाउनेत घुमिराछन टन्न
मुखै मेरो बन्द भयो सक्दिन म भन्न
घाटि च्याप्ने निर्दयीलाई देखि राछु मैले
चिच्याउनै सक्दिन म योहाल भयो ऐले
बाबा मलाई के भैन्दैछन अधिकारवादीले
ममी मलाई के भन्दैछन स्कूलका साथिले?

केपी ईश्वर बादलहरू भनिराख्थेपहिले
बोल्नै छाडे अपराधिको पत्ता लाउन ऐले
उल्टै बादल भन्नथाले फेरि यस्तै हुन्छ
मर्दानि मन शान्तछैन धुरू धुरू रून्छ
बाबा मलाई के भन्दैछन पत्रकारहरूले
ममी मलाई के भन्दैछन स्कूलका गुरूले ?

मलाई जस्तो नहोस भन्थेँ दिदीवैनिलाई
बलात्कारी झन्झन् बढे दिनै नबिराई
बादल उल्टै भन्नथाले लाज नै पचाई
दिदी बैनि बसि राख्नु ईज्जत जोगाई
बाबा मलाई के भन्दैछन राजनिति दलले
ममी मलाई के भन्दैछन ती बाहु वलिले?

आत्मा मेरो घुमिराछ त्यो उखु बारीमा
प्रमाणसबै नष्ट गर्ने ती फुलि धारीमा
सरकारलेनै बचाउँदैछ ती बलात्कारीलाई
न्याय मर्न नदेउ भन्छु सबै मनकारीलाई
बाबा मलाई के भन्दाहुन ती देउताहरूले
ममी मलाई के सोच्दाहुन पितृगणहरूले?

कहाँगए ती अपराधी पोखरेलले खोजेका
कहाँ लुके बलात्कारी बादलले देखेका ?
जसलाई पनि होईनन् भन्ने प्रधानमन्त्री ज्यूलाई
सोधि देउन मेरा हजुर स्वरमा स्वर मिलाई
बाबा अब ज्यादा चिन्ता गरी बस्नु हुन्न
ममी अब तिम्रो छोरी फर्कि आउने हैन ।

-यज्ञराज जोशी-

पूर्व नगर प्रमुख, भीमदत्तनगरपालिका कञ्चनपुर

LEAVE A REPLY