Home मुख्य समाचार कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

244
0
SHARE

साउन १३, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा जम्मा ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । जसअन्तर्गत नियमित, ग्रेडवृद्धि र आंशिक तर्फका विद्यार्थीहरु परीक्षामा सहभागी रहेका थिए ।

प्रकाशित नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । नियमिततर्फ ३ हजार ६७ जनाले  उच्च तहको जीपीए प्राप्त गरेका छन् ।

नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीहरु सहभागी रहेका थिए । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको  संख्या १६ हजार २ सय ४ जना रहेको छ भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।

२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ ।  २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । त्यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् भने १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ ।

त्यस्तै सार्वजजिक नतिजाअनुसार ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए भने ५७ हजार १ सय ७० परीक्षार्थी आंशिकतर्फ परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

LEAVE A REPLY