Home फिंचर सयौं कलाकारबीच नेफा घोषणा, काठमाडौंमा हुदैछ भव्य अवार्ड

सयौं कलाकारबीच नेफा घोषणा, काठमाडौंमा हुदैछ भव्य अवार्ड

125
0
SHARE

काठमाडौं । नेपालीफिल्मसँग सम्बन्धित अवार्डहरु दर्जनौं पुगेका छन् । तर समग्र नेपालीफिल्मक्षेत्रलाई प्रतिनिधीत्व गर्ने र सबैको साझा अवार्डको रुपमा नेपालीफिल्म अवार्ड हुन सकेको छैन । यसलाई मध्यनजर गर्दै नेपालीफिल्म क्षेत्रको सबै भन्दा सर्वश्रेष्ठ पपुलर अवार्डको रुपमा नेफाआयोजनाहुने भएको छ । आगामीदशै पछि हुने नेफा अवार्डलाई बलामीफिल्म ईनटरटेन्मेन्ट र यस अन्तर्गतको नेफा मिडिया गु्रपले आयोजना गर्न लागिएको हो ।

नेफाको लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने भएका छन् । झण्डै २ करोड लगातमाआयोजनाहुनलागेको अवार्ड समरोहलाई भव्य र सभ्यबनाउनलागि परेको आयोजक संस्थाकाअध्यक्ष समीर बलामीले बताए । नेफाआयोजकले प्रस्तुत गरेको कार्यविधीमा अवार्ड नेपालको लागि अहिले सम्मकै प्रतिक्षित रहेको बताइएको छ ।


अवार्डले नेपालीफिल्मकर्मीको सम्मान, दर्शकप्रतिको सम्मान, सयौं सेलेब्रेटीमा सम्मानव्यक्त गर्ने बताइएको छ । नेपालीकला, संस्कृतीलाई मौलीकतामाझल्को आउने गरि प्रस्तुतगर्दै नेपालीफिल्मको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मूख्य उद्देश्य बनाएर नेफा काठमाडौंमा भव्य रुपमाहुनगईरहेको छ । २१ जनाफिल्मपत्रकारहरुको समूहले यो अवार्डको मोडल तयार पारिएको हो । दशै पछि आयोजनाहुने यस अवार्ड नेपालकै प्रतिष्ठित र सर्वश्रेष्ठ राष्ट्रिय अवार्ड बनाउनलागि परेको बलामीले बताए ।


अवार्ड
नेपालफिल्म अवार्ड (नेफा) नेफा मिडिया ग्रुपद्धारा जारी कार्यविधीअनुसार संचालनहुने जनाएको छ । स्वदेश र विदेशमाआवश्यकता र समयानुकुल यो अवार्ड आयोजनाहुनेछ । स्वदेशमा यो अवार्ड संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला संघ संस्थाहरुको समन्वयमाविभिन्नप्रदेशहरुमाआयोजना गरिने आयोजकले कार्यविधीमा प्रस्तुत गरेका छन् । ५ विधानेपालीफिल्मलाई माया गर्ने दर्शकहरुको भोटिङको आधारमा राखिएको छ । यस्तै १४ वटा विधा निर्णायकको अधिकारको आधारमा राखिएको छ । नेपालीफिल्मप्रति समर्पित एक स्रष्टा, सर्जक वाफिल्मकर्मीलाई आयोजकको निर्णयबाट लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । हरेक ट्रफीमा कम्तीमा ३५ तोलादेखि र बढिमा ५० तोलासम्मचाँदी समावेश भएको हुनेछ । लाईफ टाईम एचिभमेन्ट अवार्डमा भन्ने एक तोला सुन र नगद १ लाख ११ हजार १ सय एघार रुपैयाँ राखिएको छ । यस अवार्डमा एउटा उत्कृष्ट फिल्मबन्नको लागिनभई नहुने विधा र नेपालीदर्शकसँगप्रत्यक्ष परिचितहुने विधाहरु मात्र समावेश गरिएको छ । पपुलर अवार्ड तर्फ फिल्म, एक्टर, एक्ट्रैस, सिंगर मेल र सिंगर फिमेल रहेका छन् । यस्तै बेष्ट अवार्ड तर्फ फिल्म, डिरेक्टर, एक्टर, एक्ट्रैस, डेब्यु डिरेक्टर, डेब्यु एक्टर, डेब्यु एक्ट्रैस, सपोर्टिङ क्यारेक्टर, एडिटर, साउण्ड डिजाईन, स्क्रिनप्ले, सिनेमाटोग्राफर, कम्पोजर र आदिवासीजनजातिफिल्म रहने बताइएको छ ।

निर्णायक
नेफाको निर्णायक समितिकार्यविधीअनुसार तय हुने आयोजकले जनाएको छ । नेपालीफिल्ममाजीवन समर्पण गरेका व्यक्तित्व, नेपालीफिल्ममा एक दशकभन्दा बढि योगदानदिएकाव्यक्तित्व, नेपालीफिल्ममाप्राविधिक रुपमादक्षव्यक्तित्व, प्रत्यक्षवाअप्रत्यक्ष रुपमा नेपालीफिल्ममाविशेष ज्ञान प्राप्त विज्ञ र विधागत रुपमा सक्षम विज्ञहरु यस अवार्डको निर्णायकबन्न सक्नेकार्यविधीमाउल्लेख छ । सबै विधामाविधागतमूल्याङकनआधार र कार्यविधीअनुसार निर्णायकहरुले मूल्याकङ गरिनेछ । मूल्याङकनमान्युनतम र अधिकतममार्किङ प्रक्रिया राखिएको छ । प्रक्रियाभन्दा थपघट मार्किङ निर्णायकले दिनुपर्दा उचित कारण सहितको स्पष्टिकरण दिनुपर्नेकार्यविधीमाउल्लेख छ । पपुलर अवार्डको भोटिङ प्रक्रियाप्रत्यक्ष स्क्रिनमा प्रस्तुतगरिने बताइएको छ । यस्तै निर्णायकको रिजल्ट निर्णायकहरुबाट नै अवार्डकै दिनमात्र आउट गरिनेकार्यविधीमाउल्लेख छ । कसैले त्यसको मार्किङ प्रक्रियाजाँच गर्न चाहेमा निवेदनसहित एक हप्ताभित्रपाउँनेजनाएको छ । पहिलो संस्करणको लागि निर्णायक समितिमानिर्मातातथानिर्देशकआकाशअधिकारी, निर्देशकतथा संचारकर्मी फुलमान बल, सिनेमाटोग्राफर बिष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशकतथाकलाकार अनुप बराल रहनेभएका छन् ।

समारोह
नेफा अवार्ड समारोह काठमाडौंमा भव्य रुपमाहुनेबताइएको छ । आधा करोड लागतमा सेट निर्माण गरि कार्यविधीअनुसार नै यस समारोह संचालनहुनेआयोजकले दावी गरेको छ । अर्वाड वितरण, नेपालीकला, संस्कृतिलाई मौलीकतामा प्रस्तुत गर्ने, सम्मान समारोह यस समारोहको मूख्य प्रस्तुती रहनेबताइएको छ । नेपालीफिल्म क्षेत्रको पूर्ण मनोरञ्जन सहितको ग्ल्यामर नाईटको रुपमा यस समारोहलाई ब्याख्या गरिएको छ । चार तहमाविभाजन गरिएको समारोहको पहिलो चरण घोषणा समारोह हो भने घोषणा पछि नोमिनेशन समारोहलाई तयारी तथाआकर्षक समारोहको रुपमाप्रस्तुत गरिनेछ । त्यसपछि को ग्राण्ड समारोह नै अवार्ड समारोह हो । अवार्ड समारोहको लगतै गरिने अर्को समारोहविशेष धन्यवाद समारोह हो । नवप्रवेशीकलाकारदेखि बरिष्ठ कलाकारहरुसम्मलाई अवार्ड कार्यविधीको मापदण्डमा राखेर विभिन्न प्रस्तुतीहरु समावेश गरिनेआयोजकले जनाएको छ । नेफा अवार्ड समारोहको लागत स्वेदशमाकम्तीमा २ करोड र विदेशमा ५ करोड रहने बताइएको छ । अवार्ड समारोहमा८० जनाभन्दा बढि स्वयमसेवकतथा सेकुरीटी र ईन्टरनेट सुविधा रहनेपनिआयोजकले जनाएको छ । सिसि क्यामरा जडान सहितको कार्यक्रम स्थलआउतजावतमा नोमिनिजकलाकारहरु, बरिष्ठ कलाकारहरु र पर्फमरहरुलाई यातायातको सुविधाआयोजकले उपलब्ध गराइनेबताइएको छ । स्वदेशीतथाविदेशी गरि झण्डै १० हजार दर्शक यो समारोहमा सहभागीगराउने आयोजकले लक्ष्य राखेको छ ।

LEAVE A REPLY