Home देश मन्थलीमा मोडल प्रतियोगिता हुँदै

मन्थलीमा मोडल प्रतियोगिता हुँदै

71
0
SHARE

वद्री नयाँघरे
मन्थली २३ साउन ।
पछिल्लो समयमा मोडलिड क्षेत्रतर्फ युवाहरूको आर्कर्षण वढिरहेको वेला रामेछापको सदरमुकाम मन्थलीमा मोडल रामेछाप प्रतियोगिता हुने भएको छ । कार्यक्रमको वारेमा मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी किङस्टार क्रियसन प्रिजेन्ट प्रा लि का निर्देशक सुमन खडकाले जानकारी गराएका हुन् ।

खड्काका अनुसार उक्त प्रयोजनका लागि यहि साउन २७ गते सम्म मन्थलीमा आबेदन संकलन गरि त्यसपछि २८ देखि भाद्र १४ गते सम्म सवै आवेदक हरूलाई तालिम दिने र उनिहरूको क्षमता र गुणस्तरका आधारमा केन्द्रिय स्तरको छनौट टोली ल्याएर भाद्र १५ गते निष्पक्ष तरिकाले अन्तिम छनौट गरिने छ ।

किङस्टार क्रियसन प्रिजेन्ट प्रा.लि ले अयोजनामा गर्न लागिएको उक्त प्रतियोगितामा १४ देखि २८ बर्ष उमेर समुह का लागि मिस्टर तथा मिस मोडल रामेछाप, ६ बर्ष देखि १३ बर्ष सम्म लिटिल मोडल रामेछाप, र जुनसुकै उमेर समुहका लागि तिज क्वीन रामेछाप संंचालन गरिने छ ।

कार्यक्रममा भाग लिन चाहने हरूले क्रमश मिस्टर तथा मिस मोडल का लागि प्रति ब्यक्ति रु ५ हजार, त्यसैगरी लिटिल मोडल का लागि रु ३ हजार र तिज क्वीन का लागि रु २ हजार शुल्क बुझाई आबेदन फारम वुझाउने व्यवस्था संस्थाले मिलाएको जानकारी पनि सो अवसरमा गराईएको थियो ।

आफूहरू जिल्लावासी भएको नाताले जिल्ला र आसपासका जिल्लाहरूमा छरिएर रहेका सवै खाले प्रतिभाहरूलाई अवसर दिलाउने उदेश्यले पनि कार्यक्रम गर्नका लागि रामेछापलाईनै छनौटगरेको पनि उनले वताए । छनौटमा परेका हरूले पुन राष्ट्रिय तथा अन्तराट्रिय रुपमा भाग लिन सक्ने र त्यसका लागि आफुहरूले पनि सहजिकरण गरिदिने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यसका लागि सबै क्षेत्रवाट सहयोग पाउने आशामा आफुहरू रहेको समेत उनिहरूले जानकारी गराएका थिए ।

LEAVE A REPLY